
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतको बक्यौता रकम तिर्न चेतावनी दिएपछि लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले क्रमशः पहिलो र दोस्रो किस्ता बुझाएका छन्। लक्ष्मी स्टीलले आफ्नो २३ करोड ७९ लाख रुपैयाँ बक्यौता रकममध्ये ८४ लाख ९८ हजार रुपैयाँ शुक्रबार पहिलो किस्ताका रूपमा बुझाएको छ।
यसले २८ किस्तामा बाँकी रकम तिर्ने योजना बनाएको छ। त्यसैगरी, सर्वोत्तम सिमेन्टले ११ करोड ९६ लाख रुपैयाँ बक्यौता रकममध्ये दोस्रो किस्ताका रूपमा ३७ लाख ६३ हजार रुपैयाँ तिरेको छ।
प्रकाशित मिति: ९ चैत्र २०८१, शनिबार