Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

लामो समयदेखि मौन रहेका रवि लामिछानेकाे अर्थपूर्ण अभिव्यक्ति -‘समय आउँदै छ, क्रान्तिका लागि तयार हुनुस !’


काठमाडौं  । लामो समयदेखि मौन रहेका रास्वपा सभापति रवि लामिछानेले देश संकटमा रहेको भन्दै क्रान्तिका लागि तयार रहन आह्वान गरेका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा शुक्रबार निवेदन दर्ता गराएपछि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै देश संकटमा परेको भन्दै क्रान्तिका लागि तयार रहन अपिल गरेका हुन् ।

काठमाडौं जिल्ला अदालतको धरौटी मागको आदेशविरुद्ध उच्च अदालत पाटनमा शुक्रबार निवेदन दर्ता गराएपछि रवि लामिछानेले सञ्चारकर्मीसँग भने– यो देशको भविष्य अब तपाईं–हाम्रो पुस्ताको हातमा आउँदै छ । अहिले गम्भीर हुने समय हो । म तपाईंलाई हेडलाइन दिन्नँ, म लाइफलाइनको कुरा गर्दै छु । अहिले हेडलाइनको चिन्ता गर्ने वेला होइन, न त पक्ष–विपक्षमा बाँड्ने समय हो । सरकारको लाज छोप्न म अदालतहरूमा पुगिरहेको छु । ठाउँ–ठाउँमा जानुपर्ने बाध्यता छ, तर चाँडै समय आउँदै छ । सबैलाई तयार रहन आग्रह गर्छु– गेट रेडी फर द रिभोलुसन !


प्रकाशित मिति: ९ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?