Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

लामो समयदेखि मौन रहेका रवि लामिछानेकाे अर्थपूर्ण अभिव्यक्ति -‘समय आउँदै छ, क्रान्तिका लागि तयार हुनुस !’


काठमाडौं  । लामो समयदेखि मौन रहेका रास्वपा सभापति रवि लामिछानेले देश संकटमा रहेको भन्दै क्रान्तिका लागि तयार रहन आह्वान गरेका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा शुक्रबार निवेदन दर्ता गराएपछि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै देश संकटमा परेको भन्दै क्रान्तिका लागि तयार रहन अपिल गरेका हुन् ।

काठमाडौं जिल्ला अदालतको धरौटी मागको आदेशविरुद्ध उच्च अदालत पाटनमा शुक्रबार निवेदन दर्ता गराएपछि रवि लामिछानेले सञ्चारकर्मीसँग भने– यो देशको भविष्य अब तपाईं–हाम्रो पुस्ताको हातमा आउँदै छ । अहिले गम्भीर हुने समय हो । म तपाईंलाई हेडलाइन दिन्नँ, म लाइफलाइनको कुरा गर्दै छु । अहिले हेडलाइनको चिन्ता गर्ने वेला होइन, न त पक्ष–विपक्षमा बाँड्ने समय हो । सरकारको लाज छोप्न म अदालतहरूमा पुगिरहेको छु । ठाउँ–ठाउँमा जानुपर्ने बाध्यता छ, तर चाँडै समय आउँदै छ । सबैलाई तयार रहन आग्रह गर्छु– गेट रेडी फर द रिभोलुसन !


प्रकाशित मिति: ९ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?