Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश छन् : बाबुराम भट्टराई


काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश रहेको बताएका छन् ।

जनकपुरमा शनिवार अयोजित पत्रकार सम्मेलनका क्रममा उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र पहिचानवादी आन्दोलनबाट आएका राजनीतिक दलहरु पनि बिस्तारै थाक्दै, गल्दै गएको जिकिर गरेका छन् । उनले त्यसको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको अग्रगामी राजनीतिक दल भएको बताएका छन् । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भइदिएको भए स्थिरता आउने दाबी गर्दै संघीयतासम्बन्धी आवश्यक नियम, कानून आदि बेलामा नबनाइदिँदा ठिक ढंगले कार्यान्वयन हुन नसकेको बताए ।

उनले भने, ‘अहिले जे छ, पुराना खासगरी काँग्रेस, एमाले र माओवादी र पहिचानवादी आन्दोलनमा आएका साथीहरुको नेतृत्व पनि जसरी बिस्तारै थाक्दै, गल्दै, निष्क्रिय, गतिहिन जस्तो बनेको छ । त्यो एउटा पाटो हो । त्यसको विकल्प भनेको त्यो भन्दा अग्रगामी, संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर यसका अपूर्णता, शासकीय स्वरुपका जुन अपूर्णता छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भइदिएको भए स्थिरता आउँथ्यो । त्यो हुन नसक्नु एउटा कारण हो । अर्को संघीयतामा गयौँ तर संघीयतासम्बन्धी आवश्यक नियम, कानून आदि बेलामा नबनाइदिँदा त्यसको ठिक ढंगले कार्यान्वयन भएको छैन । संघीयता फेरि पहिचान, अधिकार सहितको संघीयता भन्ने एक अर्थमा अपूरो पनि थियो । राज्यका अंगहरु ब्युरोकेसी, अड्डा अदालत, सुरक्षा अंगहरुको बेलैमा रुपान्तरण हुन नसक्दा भ्रष्टाचारको दुष्चक्र छ । त्यसले गर्दा जनता वाक्कदिक्क भएको हो ।’

पूर्वप्रधानमन्त्री डा. भट्टराईले अहिलेको संघीयता अपूरो रहेको पनि बताए।


प्रकाशित मिति: ९ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?