Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

नेपाल जलस्रोतको धनी देश भएपनि व्यवस्थापन चुनौतीपूर्णः खानेपानीमन्त्री यादव


काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले नेपाललाई खानेपानी व्यवस्थापनको सफल नमूना राष्ट्र बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

विश्व खानेपानी दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले खानेपानी व्यवस्थापनमा रणनीतिक योजनामार्फत विज्ञसँग छलफल गरी बजेटमा प्रभावकारी नीति तथा कार्यक्रमको व्यवस्था गरिने बताएका छन् । उनले नेपाल जलस्रोतमा धनी भएपनि उचित व्यवस्थापनमा कमजोर र चुनौतिपूर्ण रहेको बताए । उनले खानेपानीमा फड्को मार्नेगरी विकास साझेदार र विभिन्न दातृनिकायहरुसँग सहकार्य गर्ने बताए । सुरक्षित खानेपानी तथा सरसफाईलाई सुनिश्ति तथा दीगो बनाउने रणनीतिअन्तर्गत निजी क्षेत्र तथा गैससरकारी संस्थाहरुसँग सहकार्यको तयारी भइ रहेको उनको भनाइ छ ।

उनले भने, ‘नेपाल जलस्रोतको धनी भएपनि व्यवस्थापन, वितरण तथा सेवा गुणस्तर सुधार गर्न अझ धेरै चुनौति रहेका छन् । सरकारको नीति तथा कार्यक्रमलाई वैज्ञानिक र नवप्रवर्तन युग समाधानहरुसँग एकीकृत गर्दै कार्यान्वयन गरिँदैछ । जलस्रोतको संरक्षण र उचित उपयोग प्रविधि हस्तान्तरण तथा खानेपानी तथा सरसफाईमा समान पहुँच सुनिश्चित गर्न सरकारले प्रभाकारी नीति कार्यक्रमलाई प्राथमिकता दिनेछ । सुरक्षित खानेपानी र सरसफाईलाई दीगो बनाउन निजी क्षेत्र, गैरसरकारी संस्था तथा विकास साझेदारहरुसँग सहकारी गर्दै लैजाने सरकारको रणनीति छ । यो भन्दा अघि पनि हामीले विकास साझेदार र विभिन्न दातृनिकाय जुन खानेपानी क्षेत्रमा काम गरी राख्नुभएको छ । उहाँहरुलाई बोलाएर छलफल पनि गरी सकेका छौँ । निकट भविष्यमा पुनः छलफल गरेर हामी जुन बजेट बनाइरहेका छौँ त्यो बजेटमा रणनीति तह सबैको सहकार्यमा सबैको सल्लाहबमोजिम कसरी खानेपानीमा फड्को मार्ने र नागरिकलाई स्वस्थ तथा शुद्ध खानेपानी कसरी दिने ? भन्नेमा विज्ञ विद्धानसँग विचार विमर्श गरेर बजेट बनाएर अगाडि बढ्छौँ । नेपाललाई पानी व्यवस्थाको सफल नमुना राष्ट्रको बनाउन सरकार प्रतिवद्ध छ ।’

मन्त्री यादवले नेपालमा खानेपानीलाई मानव अधिकारको रुपमा सुनिश्चित गर्न संवैधानिक अधिकारको रुपमा व्यवस्था गरिएको बताउदै संविधानमा भएको व्यवस्थालाई व्यावहारिक कार्यान्वयनमा थप सुधारको आवश्यक भएको उनको भनाइ छ ।


प्रकाशित मिति: ९ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?