Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्नसक्छः उर्जामन्त्री खड्का


काठमाडौँ। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्नसक्ने बताएका छन् ।

काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पानीको सही सदुपयोगमा लाग्नु आजको आवश्यकता भएको उल्लेख गरेका छन् । उनले पानी दैनिक जीवनको मात्र नभइ आर्थिक समृद्धिको वाहक भएको बताउंदै पानीको प्रयोग गरेर देशलाई समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताए । उर्जामन्त्री खड्काले जलश्रोतहरु नेपालको संस्कृति, सभ्यता र आर्थिक विकासको मेरुदण्ड भएको जिकिर गर्दै उनले जलवायु परिवर्तनका कारण विश्व पानी चक्रमा नै परिवर्तन आएको बताएका छन् । उनले हिमनदीहरु खुम्चिँदै जानुले हिमताल फुट्ने जोखिम वृद्धि भएको पनि बताए ।

मन्त्री खड्काले भने, ‘पानीको सही सदुपयोगमा लाग्नु आजको आवश्यकता हो । यसको सही उपयोग गर्नु आजको आवश्यकता हो । यो एउटा श्रोत पनि हो । दैनिकी जीवनमा मात्रै होइन, मुलुकको आर्थिक समृद्धिका लागि पनि यो श्रोत अत्यन्त ठूलो अत्यन्त ठूलो उपयोगी छ । खासगरी नेपालका लागि त क्रान्तिकारी आर्थिक समृद्धिको तर्फ पानीको प्रयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने लक्ष्य लिएर अघि बढिरहेका छौँ ।’

मन्त्री खड्काले बेमौसमी वर्षाले कृषि क्षेत्रमा धेरै असर पुगेको र त्यसले जलश्रोत व्यवस्थापन र भविष्यको जल सुरक्षामा गम्भीर चुनौति उत्पन्न गरेको बताउंदै जलश्रोत रणनीतिको लागि राज्यले आवश्यक योजना बनाउन जरुरी रहेको उल्लेख गरेका छन्।


प्रकाशित मिति: ९ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?