Trending
>>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै


ललितपुर। ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ ।

आफ्नो १०६ औं वार्षिकोत्सवको अवसरमा ललितपुर महानगरले चैत १० गतेदेखि १५ गतेसम्म पुरुष र महिला भलिबल प्रतियोगिता गर्न लागेको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दै महानगरले आफ्नो वार्षिकोत्सवका अवसरमा नेपालको राष्ट्रिय खेल भलिबलको प्रतिष्पर्धा गर्ने जानकारी दिएको हो । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा महिलातर्पm ८ र पुरुषमा १४ टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । नेपालको राष्ट्रिय खेल भलिबलको विकास र विस्तारको लागि यस प्रतियोगिताले टेवा पुग्ने विश्वास महानगरले लिएको छ । वागमती प्रदेशका पालिकास्तरीय टोली मात्र प्रतियोगितामा सहभागी हुन पाउने भएका छन् ।

ती टिममा राष्ट्रिय टिमका सदस्य, विभागीय टोलीका र विदेशी खेलाडीहरू समावेश गर्न नपाइने आयोजकले स्पष्ट पारेको छ । नयाँ प्रतिभाशाली खेलाडीलाई प्रतिभा देखाउने अवसर दिन पनि यस किसिमको आयोजना गरिएको आयोजकको विश्वास छ । साथै आयोजकले पालिकाहरूबीच यस प्रतियोगिताले सुमधुर सम्बन्ध स्थापित गर्ने आशा गरेको छ । महिलातर्पm आयोजक ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, चन्द्रागिरी नगरपालिका, धादिङकको नीलकण्ठ नगरपालिका, सिन्धुपाल्चोकको हेलम्बु नगरपालिका, नुवाकोटको दुप्चेश्वर नगरपालिका र दोलखाको बिगु गाउँपालिकले प्रतिष्पर्धा गर्ने भएका छन् ।

पुरुषमा लपु महानगरपालिका, बागमती गाउँपालिका, महांकाल गाउँपालिका, रामेछाप नगरपालिका, खाँडादेवि गाउँपालिका, मेलुङ्ग गाउँपालिका, मन्थली नगरपालिका, महांकाल–४ सिएलसी, दुप्चेश्वर गाउँपालिका, पनौती नगरपालिका, गल्छी नगरपालिका, पञ्चकन्ष गाउँपालिका, काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिकाले चुनौती प्रस्तुत गर्नैछन् । महिला र पुरुष दुवैमा शीर्ष तीन स्थानमा रहने टोलीले समान दुई लाख, एक लाख र ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले समान १० हजार रुपैयाँका साथै विधागत उत्कृष्ट अन्तर्गत स्पाइकर, सेटर, ब्लकर, लिबेरो र प्रशिक्षकले पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: ८ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?