Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै


ललितपुर। ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ ।

आफ्नो १०६ औं वार्षिकोत्सवको अवसरमा ललितपुर महानगरले चैत १० गतेदेखि १५ गतेसम्म पुरुष र महिला भलिबल प्रतियोगिता गर्न लागेको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दै महानगरले आफ्नो वार्षिकोत्सवका अवसरमा नेपालको राष्ट्रिय खेल भलिबलको प्रतिष्पर्धा गर्ने जानकारी दिएको हो । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा महिलातर्पm ८ र पुरुषमा १४ टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । नेपालको राष्ट्रिय खेल भलिबलको विकास र विस्तारको लागि यस प्रतियोगिताले टेवा पुग्ने विश्वास महानगरले लिएको छ । वागमती प्रदेशका पालिकास्तरीय टोली मात्र प्रतियोगितामा सहभागी हुन पाउने भएका छन् ।

ती टिममा राष्ट्रिय टिमका सदस्य, विभागीय टोलीका र विदेशी खेलाडीहरू समावेश गर्न नपाइने आयोजकले स्पष्ट पारेको छ । नयाँ प्रतिभाशाली खेलाडीलाई प्रतिभा देखाउने अवसर दिन पनि यस किसिमको आयोजना गरिएको आयोजकको विश्वास छ । साथै आयोजकले पालिकाहरूबीच यस प्रतियोगिताले सुमधुर सम्बन्ध स्थापित गर्ने आशा गरेको छ । महिलातर्पm आयोजक ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, चन्द्रागिरी नगरपालिका, धादिङकको नीलकण्ठ नगरपालिका, सिन्धुपाल्चोकको हेलम्बु नगरपालिका, नुवाकोटको दुप्चेश्वर नगरपालिका र दोलखाको बिगु गाउँपालिकले प्रतिष्पर्धा गर्ने भएका छन् ।

पुरुषमा लपु महानगरपालिका, बागमती गाउँपालिका, महांकाल गाउँपालिका, रामेछाप नगरपालिका, खाँडादेवि गाउँपालिका, मेलुङ्ग गाउँपालिका, मन्थली नगरपालिका, महांकाल–४ सिएलसी, दुप्चेश्वर गाउँपालिका, पनौती नगरपालिका, गल्छी नगरपालिका, पञ्चकन्ष गाउँपालिका, काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिकाले चुनौती प्रस्तुत गर्नैछन् । महिला र पुरुष दुवैमा शीर्ष तीन स्थानमा रहने टोलीले समान दुई लाख, एक लाख र ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले समान १० हजार रुपैयाँका साथै विधागत उत्कृष्ट अन्तर्गत स्पाइकर, सेटर, ब्लकर, लिबेरो र प्रशिक्षकले पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: ८ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?