Trending
>>   भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश छन् : बाबुराम भट्टराई >>   अमेरिकाको टेक्सासमा २ हजार ३ सय एकड बढी जमिनमा डढेलो फैलियो >>   यमनको सानामा अमेरिकी सेनाद्वारा हवाई आक्रमण शुरु >>   नेपाल जलस्रोतको धनी देश भएपनि व्यवस्थापन चुनौतीपूर्णः खानेपानीमन्त्री यादव >>   जलविद्युत क्षेत्रमा थप भारतीय लगानी भित्र्याउने तयारी भइरहेकाे छ : राजदूत शर्मा >>   संसदमा विचाराधिन विधेयकहरु शिघ्र टुंग्याउँछौँः सभामुख घिमिरे >>   पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्नसक्छः उर्जामन्त्री खड्का >>   उच्च अदालतका न्यायाधीशको घरबाट १५ करोड बरामद ! >>   लामो समयदेखि मौन रहेका रवि लामिछानेकाे अर्थपूर्ण अभिव्यक्ति -‘समय आउँदै छ, क्रान्तिका लागि तयार हुनुस !’ >>   अर्काका नागरिक फर्काइरहेकाे अमेरिकालाई नेपालकाे चुनौतीः ४७ अमेरिकी नेपालबाट डिपोर्ट !
Logo
९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

०८४ सम्म प्रधानमन्त्री बन्दिनः प्रचण्ड


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् ।

शुक्रवार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए । उनले अहिलेको सरकार भ्रष्टाचारीहरुलाई जोगाउने र नराम्रो गर्नेलाई पुरुस्कृत गर्ने काम गरिरहेको बताउदै भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष दाहालले भने, ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ । उहाँहरुको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ । राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो । त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ । लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो छैन । लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन्, तपाईंहरुलाई थाहा छ, उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनु भएको छ । उहाँको काम भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने भएको छ ।’

उनले २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गरेका छन् । उनले आफू २०८४ सम्म जनताकै साथमा रहने र सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्नेकुरा माओवादीमा लागू नहुने बताए । सरकारमा हुँदा भ्रष्टाचारबिरुद्धको आन्दोलन छेडेको बताउदै आर्थिक विकासको निम्ति गति दिने कुरामा आफूहरुले सरकारमा हुँदा जोड दिएको बताए ।

उनले आफू नेतृत्वको सरकार भ्रष्टाचारीहरुले हटाएको पनि बताए ।


प्रकाशित मिति: ८ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?