Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

महायज्ञको नाममा दलितको घर भत्काइएको भन्दै सरकारलाई सांसदहरुको ध्यानाकर्षण


काठमाडौँ। सिरहाको ओरही गाउँपालिका–५ मा महायज्ञ गर्न पालिकाले दलित परिवारको घर भत्काइएको घटनाको विषय राष्ट्रिय सभामा उठेको छ ।

शुक्रवारको सभाको बैठकको शुन्य समयमा बोल्ने सांसदहरूले उक्त घटना जातीय विभेद र छुवाछुतको प्रमुख नमूना भएको भन्दै आवश्यक छानविन गरी दोषिलाई कारबाही गर्न माग गरेका हुन् । सो घट्नामा गाउँपालिका अध्यक्ष शिवजी यादव र विष्णु महायज्ञका आयोजक भनिएका बजरंगी बाबालाई कारबाही गर्न सांसदहरुको माग गरेका छन् । नेकपा (एकीकृत समाजवादी)की सांसद गोमादेवी तिमिल्सिनाले उक्त विभेदको घटनाको नेतृत्व गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग गरेकी छिन् ।

उनले भनिन्, ‘सिरहामा महायज्ञ लगाउने नाउँमा दलितलाई देखिन्छ रे भनेर जनता आवासअन्तर्गत बनेको घर गाउँपालिका अध्यक्षको नेतृत्वमा पालिकाकै डोजरले दलितको भत्काएर उठिवास लगाइएको छ । अध्यक्ष लगायत सबैलाई सरकारले नियन्त्रणमा लिएर कारबाही गरोस् ।’

त्यस्तै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले उक्त घट्नाको छानविन गरी दोषिलाई कारबाी गर्न माग गरिन् ।

उनले भनिन्, ‘सिराहामा विष्णु महायज्ञको नाममा गाउँपालिका अध्यक्षद्धारा दलितको घर भत्काइएको छ । यो घट्नाको सरकारले तुरुन्त छानविन गरोस् ।’

राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले समेत उक्त घट्ना निन्दनीय भएको भन्दै छानविन गरी दोषिलाई कानूनको दायरामा ल्याउन माग गरेका छन् । समाजमा विद्यमान जातीय छुवाछुत अन्त्यका लागि सबैले एकजुट हुन जरुरी रहेको उनले बताए

बैठकमा बोल्ने प्रायः सबै सांसदहरुले उक्त घटनाबारे सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । नेपाल जातीय विभेद तथा छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दुई दशक हुन लाग्दा पनि दलित भएकै कारण बस्ती उठाउनु अमानवीय कार्य भएको उनीहरुले उल्लेख गरे ।


प्रकाशित मिति: ८ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?