Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

नेपाली जनता चनाखो रहेकाले हा हा हु हु गर्दैमा लोकतन्त्र मासिँदैनः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता चनाखो रहेकाले लोकतान्त्रिक व्यवस्था हटाएर उथलपुथल हुन नसक्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताले धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ अहिलेको व्यवस्थामा आएकाले हा हा हु हु गर्दैमा अन्य देशहरुको जस्तो व्यवस्था परिवर्तन हुन नसक्ने टिप्पणी गरेका छन् । लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो रहेको उनको भनाइ छ । अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रुपमा सुदृढ गर्ने ? भन्ने रहेको बताए । उनले लोकतन्त्र मासिने कुरा हुन नसक्ने जिकिर गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हेर्दाहेर्दै दरबार हत्यकाण्ड जस्ता काण्डहरु भए, सत्ता हत्याउने काम भए । सत्ता हत्याएर समाचार वाचकका पछि बन्दुक उभ्याउने काम भए । यो भन्दा बढी व्याख्या गर्नु परेन । लोकतन्त्र कहाँ बच्यो ? ति दिन नदेखेका मान्छे, त्यस जमानामा नजन्मिएको मान्छे अहिले यो भएन, त्यो भएन, तानाशाही भयो, अधिनायकवाद भयो भन्छन् । के अधिनायकवाद भन्नेकुरा भेगेकै छैनन् । हामी डेमोक्रेटिक सिस्टममा छौँ । यसमाथि धावा बोल्ने ? एयरपोर्टदेखि महाराजगञ्जसम्म त खुला उद्घोषका साथ मान्छेहरुले मार्च गरेको देखियो । लोकतन्त्र हुनु हुँदैन, संविधान अनुसार देश चल्नु हुँदैन, कानूनी राज हुनु हुँदैन । अराजकता सिर्जना गरेर केही मान्छेहरुले सजिलो हुन्छ, अस्तव्यस्ता कायम गर्न । केही मान्छेहरुलाई भ्रम छ नेपालमा पनि अरु केही देशहरुमा जस्तै उथलपुथल हाहा हुहु गरेको भरमा हुन्छ भन्ने । नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ यहाँ आइपुगेका छन् । त्यसकारण लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो छन् । अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रुपमा सुदृढ गर्ने ? भन्ने हो । लोकतन्त्र मासिने कुरा हुन सक्दैन ।’

प्रधानमन्त्री ओलीले स्थानीय तहलाई स्वच्छ बनाउने कुरामा आफूहरु लागि परेको बताउदै जनताले सिंहदरबारको सरकार गाउँ गाउँमा मात्रै पुग्यो र सिंहदरबारका भ्रष्टाचारहरु पनि गाउँमा पुगेको भन्दै टिप्पणी गर्ने गरेको बताए । सिंहदरबार भ्रष्ट नरहेको दाबी गर्दै सिंहदरबारमा बसेर देशको नेतृत्व गर्ने आफूले सधैँ भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने गरेको बताएका छन् । उनले भ्रष्टाचार मुक्त सुशासन, भ्रष्टाचार अन्त्य गर्ने र जनतालाई सेवामा छिटो छरितो सेवा दिने काममा आफूहरु लागेको बताए । उनले स्थानीय तहको विकल्प नभएको पनि बताए ।

प्रधानमन्त्री ओलीले आफूहरु देश निर्माण गर्ने कार्यकर्ता भएको बताउंदै संविधानको प्रभावकारी कार्यान्वयन र केही कुराहरु संशोधन गर्दा विचार पुर्याएर समयानुकल बनाएर अघि बढ्न जरुरी रहेको बताए । संविधान संशोधनको अर्थ प्रणालीको रक्षा गर्ने, प्रभावकारी बनाउने, कमजोरी हटाउने र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने भएको बताएका छन् ।


प्रकाशित मिति: ७ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?