Trending
>>   ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै >>   ०८४ सम्म प्रधानमन्त्री बन्दिनः प्रचण्ड >>   खानेपानीका मुहानहरुमा भइरहेको राजनीति अन्त्य गर्छौंः मन्त्री यादव >>   महायज्ञको नाममा दलितको घर भत्काइएको भन्दै सरकारलाई सांसदहरुको ध्यानाकर्षण >>   नाइजेरियाली राष्ट्रपतिद्वारा राज्यमा आपतकालीन अवस्था घोषणा >>   १३ वर्ष बन्द भएपछि जर्मनीले दमास्कसमा पुनः दुतावास खोल्यो >>   फेसबुक,एक्स र इन्स्टाग्राम १ महिनाभित्र दर्ता नभए रोक लगाउने सरकारको चेतावनी >>   सवारी दुर्घटनामा परी नाइजेरियामा ६ जनाको मृत्यु, २५ घाइते >>   कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक क्षमता ६ करोड ५० लाख पुर्यायो >>   विकास विज्ञ भन्छन – शासकीय संरचनामा हुँदै आएको खर्च पुनरावलोकन गर्नुपर्छ
Logo
८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

शेखर कोइराला भन्छन-‘कांग्रेस सरकारमा छ, तर सुशासन पटक्कै छैन !’


काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले आफ्नो पार्टी सरकारमा भएपछि सुशासन भने नरहेको बताएका छन् । आज (बिहीबार) गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा आयोजित ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशमा सुशासन नरहेको बताएका हुन् ।

हामी सरकारमा छौं, नेपाली कांग्रेस सरकारमा छ। हामीले सुशासनको लागि त कुरा गर्नुपर्‍यो, भन्न त नहुने, सुशासन पटक्कै छैन भनेपनि हुन्छ,’– नेता कोइरालाले भने ।कांग्रेस–एमाले गठबन्धन सरकारले योग्यताको आधारमा नभएर आफूलाई मन परेको आधारमा कर्मचारीको नियुक्ति र बढुवा गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन लागेको खण्डमा मेरिट लिस्टको ३ नम्बरमा रहेको व्यक्तिलाई नियुक्ति गरिदिने गरेको उनले सुनाए । कांग्रेस सत्तापक्ष भएपनि सरकारमा रहेको भान नरहेको उनले बताए ।

‘नेपाली कांग्रेस हामी सत्तापक्षका मानिसहरु हौं । तर, हामी सरकारमा छैनौं । सरकारमा हुने मन्त्रीज्यूहरुले सहकार्य गर्नुहोस् एमालेसित हामीलाई केही आपत्ति छैन । त्यो गर्नैपर्छ । हामीहरुको संविधान नै यस्तै छ, निर्वाचन प्रणाली नै यस्तै छ । मिलिजुली सरकार नभइकन हुँदैन । जो सत्ता पक्षमा छौं, तर सरकारमा छैनौं । हामीहरुको जिम्मेवारी यो सरकारलाई, नेपाली कांग्रेसलाई एमालेलाई र जनतालाई खबरदारी गर्ने जिम्मेवारी तपाईँ हामीको हो,’– उनले भने ।


प्रकाशित मिति: ७ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?