Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

शेखर कोइराला भन्छन-‘कांग्रेस सरकारमा छ, तर सुशासन पटक्कै छैन !’


काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले आफ्नो पार्टी सरकारमा भएपछि सुशासन भने नरहेको बताएका छन् । आज (बिहीबार) गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा आयोजित ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशमा सुशासन नरहेको बताएका हुन् ।

हामी सरकारमा छौं, नेपाली कांग्रेस सरकारमा छ। हामीले सुशासनको लागि त कुरा गर्नुपर्‍यो, भन्न त नहुने, सुशासन पटक्कै छैन भनेपनि हुन्छ,’– नेता कोइरालाले भने ।कांग्रेस–एमाले गठबन्धन सरकारले योग्यताको आधारमा नभएर आफूलाई मन परेको आधारमा कर्मचारीको नियुक्ति र बढुवा गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन लागेको खण्डमा मेरिट लिस्टको ३ नम्बरमा रहेको व्यक्तिलाई नियुक्ति गरिदिने गरेको उनले सुनाए । कांग्रेस सत्तापक्ष भएपनि सरकारमा रहेको भान नरहेको उनले बताए ।

‘नेपाली कांग्रेस हामी सत्तापक्षका मानिसहरु हौं । तर, हामी सरकारमा छैनौं । सरकारमा हुने मन्त्रीज्यूहरुले सहकार्य गर्नुहोस् एमालेसित हामीलाई केही आपत्ति छैन । त्यो गर्नैपर्छ । हामीहरुको संविधान नै यस्तै छ, निर्वाचन प्रणाली नै यस्तै छ । मिलिजुली सरकार नभइकन हुँदैन । जो सत्ता पक्षमा छौं, तर सरकारमा छैनौं । हामीहरुको जिम्मेवारी यो सरकारलाई, नेपाली कांग्रेसलाई एमालेलाई र जनतालाई खबरदारी गर्ने जिम्मेवारी तपाईँ हामीको हो,’– उनले भने ।


प्रकाशित मिति: ७ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?