Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पूर्व राष्ट्रपतिद्वय पक्राउ पर्लान? यस्ताे छ अख्तियारकाे उजुरीमा


काठमाडाैं । पूर्व राष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारीले भ्रष्टाचारजन्य कार्य गरिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पूर्वराष्ट्रपति यादवको काठमाडौंमा आफ्नै सुविधा सम्पन्न घर हुँदाहुँदै उनी भाडको घरमा बसेर राज्यलाई मासिक १ लाख ९२ हजार भाडा तिर्न लगाएको उजुरीकर्ताको दाबी छ । पूर्वराष्ट्रपति यादवले आफ्नो घर भने भाडामा लगाएको उनको दाबी छ ।

त्यस्तै, उजुरीकर्ताले उजुरी पत्रमा उल्लेख गरेअनुसार पूर्वराष्ट्रपति भण्डारी भने काठमाडौंको चपली हाइटमा आफ्नै घरमा बसिरहेको तर उनले मासिक एक लाख रुपैयाँ भाडा सरकारबाट लिइरहेकी छन् । आफ्नै घरमा बसेर घर भाडावापतको रकम लिनु भ्रष्टाचारजन्य कार्य रहेको उजुरीकर्ताको दाबी छ ।उजुरी कर्ता युवराज पौडेलले पूर्वराष्ट्रपतिद्वयलाई तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाइनु पर्ने, घरभाडावापत गैरकानुनी रुपमा लिइएको रकम फिर्ता गराइनुपर्ने र कानुनबमोजिमको कारबाहीसमेत गरिनुपर्ने माग राखेका छन् ।

 


प्रकाशित मिति: ७ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?