Trending
>>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

पूर्व राष्ट्रपतिद्वय पक्राउ पर्लान? यस्ताे छ अख्तियारकाे उजुरीमा


काठमाडाैं । पूर्व राष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारीले भ्रष्टाचारजन्य कार्य गरिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पूर्वराष्ट्रपति यादवको काठमाडौंमा आफ्नै सुविधा सम्पन्न घर हुँदाहुँदै उनी भाडको घरमा बसेर राज्यलाई मासिक १ लाख ९२ हजार भाडा तिर्न लगाएको उजुरीकर्ताको दाबी छ । पूर्वराष्ट्रपति यादवले आफ्नो घर भने भाडामा लगाएको उनको दाबी छ ।

त्यस्तै, उजुरीकर्ताले उजुरी पत्रमा उल्लेख गरेअनुसार पूर्वराष्ट्रपति भण्डारी भने काठमाडौंको चपली हाइटमा आफ्नै घरमा बसिरहेको तर उनले मासिक एक लाख रुपैयाँ भाडा सरकारबाट लिइरहेकी छन् । आफ्नै घरमा बसेर घर भाडावापतको रकम लिनु भ्रष्टाचारजन्य कार्य रहेको उजुरीकर्ताको दाबी छ ।उजुरी कर्ता युवराज पौडेलले पूर्वराष्ट्रपतिद्वयलाई तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाइनु पर्ने, घरभाडावापत गैरकानुनी रुपमा लिइएको रकम फिर्ता गराइनुपर्ने र कानुनबमोजिमको कारबाहीसमेत गरिनुपर्ने माग राखेका छन् ।

 


प्रकाशित मिति: ७ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?