Trending
>>   अमेरिकाको टेक्सासमा २ हजार ३ सय एकड बढी जमिनमा डढेलो फैलियो >>   यमनको सानामा अमेरिकी सेनाद्वारा हवाई आक्रमण शुरु >>   नेपाल जलस्रोतको धनी देश भएपनि व्यवस्थापन चुनौतीपूर्णः खानेपानीमन्त्री यादव >>   जलविद्युत क्षेत्रमा थप भारतीय लगानी भित्र्याउने तयारी भइरहेकाे छ : राजदूत शर्मा >>   संसदमा विचाराधिन विधेयकहरु शिघ्र टुंग्याउँछौँः सभामुख घिमिरे >>   पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्नसक्छः उर्जामन्त्री खड्का >>   उच्च अदालतका न्यायाधीशको घरबाट १५ करोड बरामद ! >>   लामो समयदेखि मौन रहेका रवि लामिछानेकाे अर्थपूर्ण अभिव्यक्ति -‘समय आउँदै छ, क्रान्तिका लागि तयार हुनुस !’ >>   अर्काका नागरिक फर्काइरहेकाे अमेरिकालाई नेपालकाे चुनौतीः ४७ अमेरिकी नेपालबाट डिपोर्ट ! >>   कुलमानकाे चेतावनीपछि लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले तिरे बक्यौता रकम !
Logo
९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

स्वतन्त्रबाट स्ववियु अध्यक्ष जिते,प्रचण्ड निवास पुगेर खादामाला !


काठमाडाैं । मंगलबार भएको स्ववियु निर्वाचनमा चितवनको रामपुरस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस चितवन इन्जिनियरिङ क्याम्पसबाट स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रज्वल अधिकारी निर्वाचित भए। उनी ७८ मत पाएर निर्वाचित हुँदा अनेरास्ववियुका विशाल पोखरेलले ५४ मत प्राप्त गरेका थिए।

यहाँ अध्यक्षमा यी दुई उम्मेदवारमात्रै थिए। जब अधिकारी अध्यक्षमा निर्वाचित भए अनेरास्ववियु क्रान्तिकारीका नेताहरूले चितवन इन्जिनियरिङ क्याम्पसमा आफ्नो संगठनको प्यानलै निर्वाचित भएको दाबी गर्न थाले।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चितवन इन्जिनियरिङ क्याम्पस रामपुरको स्ववियु अध्यक्षमा क्रान्तिकारीका प्रज्वल अधिकारी विजयी भएको भन्दै बधाई दिएकी थिइन्। साँझतिर त अधिकारीसहितको निर्वाचित टिमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग खिचाएको फोटो नै सामाजिक सञ्जालहरूमा पोष्ट हुन थाले।

त्यतिखरसम्म नेपाली कांग्रेसका नेताहरूले नेविसंघको समर्थनमा स्वतन्त्र उम्मेदवार स्ववियु अध्यक्षमा निर्वाचित भएको भन्दै बधाई दिइरहेका थिए। कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, नेता सूर्यकान्त घिमिरे लगायतले नेविसंघको समर्थनमा स्वतन्त्र उम्मेदवार विजयी भएको भनेर बधाई दिएका थिए।


प्रकाशित मिति: ६ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?