Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

लोसपाको कार्यकारिणी समितिको बैठक


नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा पार्टीको धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा जारी बैठकमा यही पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे पार्टीका नेताहरुको धारणा बनाउन बैठक बोलाइएको लोसपाका कार्यकारिणी सदस्य डा सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो । “बैठकमा पार्टीको सङ्गठन सुदृढीकरण, निर्वाचनको समीक्षा, पार्टीको मधेश प्रदेशको परिमार्जनलगायत विषयमा छलफल हुनेछ”, उहाँले भन्नुभयो ।

पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेताहरु सहभागी हुनुहुन्छ । लोसपाको प्रतिनिधिसभामा चार जना सांसद हुनुहुन्छ ।


प्रकाशित मिति: २४ पुष २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?