२० श्रावण, कैलाली । प्राविधिक विषय अध्ययनमा छोरीहरुको आकर्षण बढ्दै गएको छ । टीकापुर बहुप्राविधिक शिक्षालय टीकापुरमा पशु विज्ञान विषय अध्ययनरत विद्यार्थीमा छोरीहरु बढी छन् । टीकापुर बहुप्राविधिक शिक्षालयमा पशु विज्ञानतर्फ एक सय तीनजना विद्यार्थी रहेकामा पुरुष ४८ र महिला ५५ जना रहेका छन् । पशु विज्ञान तथा भेटेरिनरी जेटिए अध्ययनमा
२० ,श्रावण ,काठमाडौँ । तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए । आरोहण सकेर नेपाल
१७ श्रावण, कोलकाता । “हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ तर कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ । प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौँ ।” पश्चिम बङ्गालको कोलकाता–बेहलास्थित परिवहन (ट्रान्सपोर्ट) सम्बन्धी व्यवसाय गर्दै आएका तनहुँका केशव अधिकारी क्षेत्रीलाई नेपाल र नेपालीको प्रसङ्ग आउनेबित्तिकै भावनाको गहिराइमा पुगेको
८ श्रावण, कोलकाता । भारतको पश्चिम बङ्गालको कोलकातामा गहना चम्काउने ‘मेटलफिनिसर’ व्यवसाय गर्दै आएका भीमबहादुर श्रेष्ठले यतै मूल कर्मथलो बनाएको चार दसक बितिसकेको छ । उनले भने, ‘सानैदेखि यता आइयो । केही वर्ष निजी क्षेत्रमा नोकरीपछि आफ्नै लगानीमा व्यावसायिक कामहरु गर्न थालियो । अहिलेसम्म राम्रै भइरहेको छ ।’ पुख्र्यौली घर रामेछाप
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । सीताको निधनको सातौँ दिन पारेर प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जलीसभा गरिएको हो । कार्यक्रममा सीताको योगदान र जीवनी समेटिएको भिडिओ सामग्री प्रस्तुत गरिएको थियो । सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीता दाहालको निकै शान्त मृत्यु
२८ असार, चितवन । बुधबार बिहान काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन हुनु भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको जीवन अधिकांश समय चितवनमा बित्यो । छ वर्षको कलिलो उमेरमै चितवन झर्नु भएकी सीताको यही विवाह भयो । सन्तान यही जन्मिए उहाँका उर्जाशील धेरै समय पनि चितवनै बित्यो । बाहिर चर्चा
२७ असार, काठमाडाैँ । “देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ । मैले बाबुराम (बाबुराम भट्टराई)जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु”, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भनेकी थिइन् । पार्टीभित्र देखिएका विवाद समाधान गर्ने उनि
२६ असार, नुवाकोट । पछिल्लो समय नेपाली सञ्चारमाध्यममा मुर्रा भैँसीको विषयले स्थान पाउन थालेको छ । गत जेठको दोस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा भएका विभिन्न सम्झौताहरूका विषयसँगै भारतले नेपाललाई १५ मुर्रा राँगो उपलब्ध गराउने भन्ने विषयले महत्त्व पायो । यो विषय नेपालको सङ्घीय संसद्मासमेत चर्चा
२५ असार, कैलाली । कैलालीको जोशीपुरका रतन धामी एसइई नतिजापछि के विषय अध्ययन गर्ने भन्ने अन्योलमा छन्। परीक्षामा दुई दशमलव आठ ग्रेड ल्याएका धामीलाई यतिखेर के विषय पढ्ने भन्ने अन्योलता बढे्को छ । “घरमा बुबाआमाले विज्ञान विषय पढ्नुपर्छ भन्नुभएको छ, मलाई सक्दिनकी भन्ने डर छ”, उनले भने, “मलाई लेखा/अर्थशास्त्र विषय
२५ असार, काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४स्थित सलान्दुबगरका लीलाबहादुर स्याङ्तान डम्फु बनाउने पेसामा लागेर राम्रो आम्दानी गर्दै आएका छन् । तामाङ जातिको सांस्कृतिक बाजामा डम्फुको माग हुन थालेकाले उनले ‘स्याङ्तान डम्फु उद्योग’ सञ्चालन गरेर सो पेसालाई विगत १५ वर्षदेखि निरन्तरता दिँदै आएका हुन्। घरमा डम्फु उद्योग सञ्चालन गरी आम्दानीको स्रोत