Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

नेपाल प्रहरी केनाईन कार्यालयमा कुकुर पूजा (फोटो फिचर)


काठमाडौं ।यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा आइतबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो । साथै उहाँले अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर ‘रियो’, बाधापार र हाईजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रोज’ र रनिङतर्फ ‘टाईगर’लाई पुरस्कार प्रदान गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत उहाँले पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले तिहार र कुकुर पूजाको शुभकामना व्यक्त गर्दै केनाईनले विभिन्न अपराधको सफल अनुसन्धान तथा प्रहरी कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै नेपाल प्रहरी संगठनको छवि उच्च पारेको बताउनुभयो । केनाईनले केन्द्रमा मात्र नभई प्रदेशस्तरमा समेत उत्कृष्ट कार्य सम्पादन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागूऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार र खोजी तथा उद्दार कार्य लगायतको प्रदर्शनी गरेका थिए ।

नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरूङले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक डा. राम चन्द्र सत्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरु, संचारकर्मी लगायत अतिथिहरू समेतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २६ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?