२२ श्रावण, एजेन्सी । पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार घरको छाना खस्दा तीन जनाको मृत्यु भएको छ । सो घटनामा अर्का एक जना घाइते भएका छन् । आज बिहान सबेरै अबन्द जिल्लामा भएको घटनामा तीन महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । घटनाका पीडित सबै
२२ श्रावण, एजेन्सी । स्विडेन फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेलबर्न रेकटेङगुलर स्टेडियममा आइतबार भएको खेलमा स्विडेनले चार पटकको कीर्तिमानी विजेता अमेरिकालाई सडनडेथमा ५–४ गोलले हरायो । प्रतिस्पर्धात्मक खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि टाइब्रेकरमा ३–३ गोलको बराबरी भएपछि सडनडेथमा पुगेर खेल
२१ ,श्रावण ,तिबिलिसी । पश्चिमी जर्जियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइबारसम्म १७ पुगेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएअनुसार उद्धारकर्ताहरूले अहिलेसम्म १७ वटा शव फेला पारेका छन्। साथै उद्धारका क्रममा २ सयभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोमा परी करिब २०
२१ श्रावण, एजेन्सी । दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेशन नजिकै पटरीबाट खस्दा उक्त हताहति भएको रेलमन्त्री ख्वाजा साद रफिकले पत्रकारलाई बताएका छन् । उद्धार टोलीहरू
२१ श्रावण, एजेन्सी । लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेङ्गु लागेर बङ्गलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन्भने ६४ हजार बिरामी भएका छन् । शनिबार थप १० जनाको मृत्यु भएको र दुई हजार चार सय ९५ जना बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य
२१ श्रावण, नेपालगञ्ज । एकैपरिवारका चारसहित छ जनाको ज्यान जाने गरी भारतमा भएको कार दुर्घटनाले नेपालगञ्जवासी शोकमग्न भएका छन् । शनिबारको बिदा मनाउन मामाघर भारतको बलरामपुर पुगेका नेपालगञ्जका दाजुबहिनी निलान्स र सुनिती घर फर्किंन पाएनन् । शनिवार बिहान आमासँगै मामाघर गएका निलान्स र सुनितीको साँझ घर फर्किने क्रममा भारतको श्रावस्ती जिल्लामा
२१ श्रावण, एजेन्सी । बङ्गलादेशमा वनभोज खान खाएर घरफर्केकाहरू चढेको डुङ्गा डुब्दा आठ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शीगञ्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा शनिबार राति डुङ्गा पल्टिएको नागरिक रक्षा तथा अग्नि नियन्त्रण कार्यालयका ड्युटी अफिसर रफी अल फारुकले बताएका छन् ।
२१ श्रावण, एजेन्सी । ९० हजारभन्दा बढी श्रीलङ्काली खडेरीको चपेटामा परेको देशको विपद् व्यवस्थापन केन्द्रले बताएको छ । पूर्वी, उत्तरपश्चिमी र उत्तरी प्रान्तका साथै सम्बारगमुवा प्रान्त खडेरी परेको केन्द्रले आज बताएको हो । सत्ताइस हजार आठ सय ८५ परिवारका ९० हजारभन्दा बढी सदस्य खडेरीबाट पीडित भएका छन् । एक्काइस हजार
२१ श्रावण, एजेन्सी । स्वदेशी मुद्राको स्थिरताका लागि अफगानिस्तानले एक करोड ३० लाख अमेरिकी डलर बोलपत्र आह्वान गरी बिक्री गर्ने भएको छ । अफगानिस्तानको केन्द्रीय बैंक ‘दा अफगानिस्तान बैंक (डीएबी)’ ले विदेशी मुद्राको तुलनामा देशको राष्ट्रिय मुद्रा अफगानीलाई स्थिर राख्न आइतबार एक करोड ३० लाख अमेरिकी डलर लिलामीमा राख्ने घोषणा गरेको
२१ श्रावण, एजेन्सी । श्रीलङ्काले जलवायु लक्ष्यलाई आगामी ३० बर्षमा पूरा गर्नेगरी समयसीमा तोकेको छ । जलवायु लक्ष्य वा जलवायु प्रतिज्ञा भनेको जलवायु परिवर्तनलाई सीमित गर्ने उद्देश्यका साथ जलवायु नीति र ऊर्जा नीतिका लागि मापनयोग्य दीर्घकालीन प्रतिबद्धता हो । श्रीलङ्काले यसअघि जलबायु लक्ष्यका पूरा गर्न सन् २०६० सम्म लाग्ने बताउँदै आएको