Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

पश्चिमी जर्जियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो


२१ ,श्रावण ,तिबिलिसी । पश्चिमी जर्जियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइबारसम्म १७ पुगेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएअनुसार उद्धारकर्ताहरूले अहिलेसम्म १७ वटा शव फेला पारेका छन्।

साथै उद्धारका क्रममा २ सयभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोमा परी करिब २० जना बेपत्ता रहेकाले पीडितको सङ्ख्या अझै बढ्न सक्ने स्थानीय प्रतिवेदनले अनुमान गरेको छ ।

शनिबार जर्जियाका स्वास्थ्य मन्त्री जुराब अजराशभिलीले दर्जनौं उपकरण उद्धार कार्यमा परिचालन गरिएको बताएका छन्। विभिन्न राज्य एजेन्सीहरूले प्रकोप राहत कार्यहरूमा समन्वय गरेको पनि अजराशभिलीले जानकारी दिएका छन्।

यसैबीच जर्जियाका प्रधानमन्त्री इराक्ली गरिबासभिलीले पहिरो पीडितको सम्झनामा सोमबार एक दिन शोकको घोषणा गरेका छन्।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?