Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

पश्चिमी जर्जियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो


२१ ,श्रावण ,तिबिलिसी । पश्चिमी जर्जियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइबारसम्म १७ पुगेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएअनुसार उद्धारकर्ताहरूले अहिलेसम्म १७ वटा शव फेला पारेका छन्।

साथै उद्धारका क्रममा २ सयभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोमा परी करिब २० जना बेपत्ता रहेकाले पीडितको सङ्ख्या अझै बढ्न सक्ने स्थानीय प्रतिवेदनले अनुमान गरेको छ ।

शनिबार जर्जियाका स्वास्थ्य मन्त्री जुराब अजराशभिलीले दर्जनौं उपकरण उद्धार कार्यमा परिचालन गरिएको बताएका छन्। विभिन्न राज्य एजेन्सीहरूले प्रकोप राहत कार्यहरूमा समन्वय गरेको पनि अजराशभिलीले जानकारी दिएका छन्।

यसैबीच जर्जियाका प्रधानमन्त्री इराक्ली गरिबासभिलीले पहिरो पीडितको सम्झनामा सोमबार एक दिन शोकको घोषणा गरेका छन्।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?