Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

२०५० भित्र जलवायु लक्ष्य पूरा गर्न श्रीलङ्काका राष्ट्रपतिको निर्देशन


२१ श्रावण, एजेन्सी । श्रीलङ्काले जलवायु लक्ष्यलाई आगामी ३० बर्षमा पूरा गर्नेगरी समयसीमा तोकेको छ ।

जलवायु लक्ष्य वा जलवायु प्रतिज्ञा भनेको जलवायु परिवर्तनलाई सीमित गर्ने उद्देश्यका साथ जलवायु नीति र ऊर्जा नीतिका लागि मापनयोग्य दीर्घकालीन प्रतिबद्धता हो । श्रीलङ्काले यसअघि जलबायु लक्ष्यका पूरा गर्न सन् २०६० सम्म लाग्ने बताउँदै आएको भएपनि यसलाई संशोधन गर्दै सन् २०५० सम्मका लागि जलवायु लक्ष्यका लागि समयसीमा तोकेको हो ।

राष्ट्रपतिको मिडिया महाशाखा (पीएमडी) ले शनिबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०५० भन्दा अघि जलवायु लक्ष्य हासिल गर्न सम्भव छ भन्ने बताएका छन् ।

उनले श्रीलङ्काका प्राविधिकहरूलाई जलवायु परिवर्तनको मापदण्डलाई विचार गरी आफ्नो काममा लाग्न आग्रह गरेका हुन् ।

उनले भने, “आगामी दिनमा श्रीलङ्काका प्राविधिकहरूले यस प्रयासमा महत्वपूर्ण भूमिका खेल्नेछन् । उनीहरूले निर्मित वातावरण दिगो र पर्यावरणीय रूपमा जिम्मेवार अभ्यासहरूसँग मेल खानेगर िजलवायु परिवर्तनको मापदण्डलाई आफ्नो डिजाइनमा एकीकृत गर्न आवश्यक छ।”


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?