Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

अफगानी मूद्राको स्थिरताका लागि १ करोड ३० लाख अमेरिकी डलर विक्री गर्ने


२१ श्रावण, एजेन्सी । स्वदेशी मुद्राको स्थिरताका लागि अफगानिस्तानले एक करोड ३० लाख अमेरिकी डलर बोलपत्र आह्वान गरी बिक्री गर्ने भएको छ ।

अफगानिस्तानको केन्द्रीय बैंक ‘दा अफगानिस्तान बैंक (डीएबी)’ ले विदेशी मुद्राको तुलनामा देशको राष्ट्रिय मुद्रा अफगानीलाई स्थिर राख्न आइतबार एक करोड ३० लाख अमेरिकी डलर लिलामीमा राख्ने घोषणा गरेको हो ।

डीएबीले योग्य बैंक तथा मनी एक्सचेन्ज कम्पनीलाई बोलपत्रमा सहभागी भई विजेताले नगद भुक्तानी गर्न आह्वान गरेको छ ।

गत साता ८५.४ अफगानीको तुलनामा एक अमेरिकी डलरको विनिमय दर हाल ८५.५ अफगानी रहेको छ भने पछिल्लो केही हप्तादेखि अफगानी मुद्राको अवस्था अमेरिकी डलरसँग थप कमजोर बनेको छ ।

अफगानी मुद्रालाई बलियो बनाउन र अन्य मुद्राहरूको तुलनामा अवमूल्यन रोक्नका लागि, डीएबीले विगत केही महिनामा मुद्रा विनिमय बजारमा लाखौं अमेरिकी डलर पठाएकोे छ ।

डीएबीले यसअघि जुलाई १९ मा पनि अफगानी मुद्रालाई स्थिर बनाउन लिलामीमार्फत एक करोड ४० लाख अमेरिकी डलर बिक्री गरेको थियो ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?