Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

अफगानी मूद्राको स्थिरताका लागि १ करोड ३० लाख अमेरिकी डलर विक्री गर्ने


२१ श्रावण, एजेन्सी । स्वदेशी मुद्राको स्थिरताका लागि अफगानिस्तानले एक करोड ३० लाख अमेरिकी डलर बोलपत्र आह्वान गरी बिक्री गर्ने भएको छ ।

अफगानिस्तानको केन्द्रीय बैंक ‘दा अफगानिस्तान बैंक (डीएबी)’ ले विदेशी मुद्राको तुलनामा देशको राष्ट्रिय मुद्रा अफगानीलाई स्थिर राख्न आइतबार एक करोड ३० लाख अमेरिकी डलर लिलामीमा राख्ने घोषणा गरेको हो ।

डीएबीले योग्य बैंक तथा मनी एक्सचेन्ज कम्पनीलाई बोलपत्रमा सहभागी भई विजेताले नगद भुक्तानी गर्न आह्वान गरेको छ ।

गत साता ८५.४ अफगानीको तुलनामा एक अमेरिकी डलरको विनिमय दर हाल ८५.५ अफगानी रहेको छ भने पछिल्लो केही हप्तादेखि अफगानी मुद्राको अवस्था अमेरिकी डलरसँग थप कमजोर बनेको छ ।

अफगानी मुद्रालाई बलियो बनाउन र अन्य मुद्राहरूको तुलनामा अवमूल्यन रोक्नका लागि, डीएबीले विगत केही महिनामा मुद्रा विनिमय बजारमा लाखौं अमेरिकी डलर पठाएकोे छ ।

डीएबीले यसअघि जुलाई १९ मा पनि अफगानी मुद्रालाई स्थिर बनाउन लिलामीमार्फत एक करोड ४० लाख अमेरिकी डलर बिक्री गरेको थियो ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?