१९ चैत्र, एजेन्सी । श्वासप्रश्वास (ब्रोन्काइटिस) सम्बन्धी समस्याका कारण तीन रातको अस्पताल बसाइपछि स्वास्थमा सुधार आएपछि पोप फ्रान्सिस शनिबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । क्रिश्चियन धर्मको सबैभन्दा महत्वपूर्ण हप्ताको तयारीका लागि भ्याटिकन फर्केका उनले शनिबार आफ्ना शुभचिन्तकहरूसँग ठट्टा गर्दै आफु अझै सबै अनुयायीको सेवाका लागि अस्पतालबाट फर्केर आएको बताएका थिए
१९ चैत्र, एजेन्सी । युक्रेनले पोल्याण्डमा निर्माण भएका १०० वटा रोसोमाक बहुउद्देश्यीय बख्तरबन्द सवारी साधनअर्डर गरेको पोल्याण्डका प्रधानमन्त्रीले शनिबार बताएका छन् । “युक्रेनी प्रधानमन्त्री डेनिस श्मिहालले १०० रोसोमाकका लागि हिजो दिएको आदेश अनुसार ती बख्तरबन्द सवारी साधन छिट्टै युक्रेन पठाउने तयारी गर्न मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु,” माटेउस्ज मोराविकीले
१९ चैत्र, एजेन्सी । जापानमा राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्याइएको छ । यो कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको कमीलाई कम गर्न देशको पहलको एक भागको रूपमा आएको छ । जापानले आर्थिक वर्ष २०३१ सम्ममा सेवानिवृत्तिको उमेर ६५ वर्ष
१८ चैत्र, एजेन्सी । क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा-अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए । सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका आठ मध्ये रोमानियाली र भारतीय मूलका दुई परिवार रहेको बुझिएको छ । उनीहरू संयुक्त राज्य अमेरिका प्रवेश
१८ चैत्र, एजेन्सी । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा अप्रिल महिनाको दोस्रो साता चीन भ्रमणमा जाने भएका छन् । उनले गत साताका लागि भ्रमणको तय गरेको भए पनि स्वास्थ्य समस्याका कारण अन्तिम समयमा भ्रमण स्थगित गरेका थिए । उनलाई निमोनियाको समस्या देखिएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको
१८ चैत्र, एजेन्सी। मेक्सिकोको एक अदालतले अमेरिकासँगको सीमावर्ती शहर सिउडाड जुआरेजको अध्यागमन हिरासतमा हालै भएको आगजनीको घटनालाई वेवास्ता गरेको अभियोगमा छ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अध्यागमन कार्यालयका तीन जना अधिकारी र सुरक्षा गार्डविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको सङ्घीय अभियोजकहरूले बताएका छन् । उनीहरूलाई हालसम्म पाँच जनालाई पक्राउ
१८ चैत्र, एजेन्सी । एक जना हिन्दु धर्मावलम्बी चिकित्सकको कराँचीमा गोली हानेर हत्या भएको छ । आफ्नो क्लिनिकबाट घर फर्कदै गरेका डाक्टर बीरबल गेनानीको बिहीबार गोली हानेर हत्या भएको हो । कराँची महानगरपालिकाका पूर्वस्वास्थ्य निर्देशक तथा आँखा विशेषज्ञ डा गेनानीलाई अज्ञात समूहले गोली हानेको र उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले
१८ चैत्र, एजेन्सी । भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । आज एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या झण्डै छ महिना यताकै उच्च हो । बुधबार तीन
१७ चैत्र, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । उद्घाटन समारोहमा समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका मान्डानाले प्रस्तुती दिनेछन् । यसपछि ७ः४५ बजे भारतको गुजरातको अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा उद्घाटनसत्रको खेल सुरु हुनेछ । जसमा साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच
१६ चैत ,काठमाडौँ । नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ ले बुधबार भारतको नयाँ दिल्लीमा सम्पन्न १८औँ महिन्द्रा थिएटर एक्सिलेन्सी (मेटा) अवार्डमा तीन अवार्ड जितेको छ । भारतको सबैभन्दा प्रतिष्ठित मानिने मेटा अवार्डमा चार विधामा मनोनयनमा परेको नाटकले अभिनय, कोरियोग्राफी र सङ्गीतमा अवार्ड जितेको हो । जबर्जस्ती आफ्नो जन्मथलो छाड्न बाध्य