Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

दक्षिण कोरियामा जन्मदिनका आधारमा नै उमेर गणना गरिने


१६ असार, एजेन्सी। दक्षिण कोरियामा जन्मदिनका आधारमा उमेर गणना हुने नयाँ व्यवस्था बुधवारबाट कार्यान्वयनमा आएपछि नागरिकको उमेर घट्ने भएको छ ।

दक्षिण कोरियामा यस पहिलेको कानुनी व्यवस्था अनुसार गर्भको समयलाई समेत समेट्दै जन्मको बखत दक्षिण कोरियालीहरूलाई एक वर्षको गणना गर्ने गरिन्थ्यो ।

साथै सबैलाई उनीहरूका जन्मदिनमा वर्षवृद्धि गर्ने प्रचलन नभई जनावरी १ मा बर्षवृद्धि गर्ने चलन थियो । नयाँ कानुन अभ्यासमा आएसँगै यो गणना गर्ने पद्धति पनि खारेज भएको छ ।

राष्ट्रपति यून सङ योलले आफ्नो चुनाबी प्रतिवद्धता अनुसार परम्परागत उमेर गणना विधिलाई हटाइएको हो । उनले गत वर्ष चुनावी प्रतिस्पर्धा गर्दा यस्तो परिवर्तन गर्ने विषयलाई जोडदार रूपले उठाएका थिए ।

ती परम्परागत उमेर गणनाका विधिले ‘अनावश्यक सामाजिक र आर्थिक मूल्य चुकाउनु परेको’ उनले बताए ।

यस विधिले बीमाको भुक्तानी र सरकारी सहायता कार्यक्रममा सहभागी हुन योग्य हुने उमेर निर्धारणका क्रममा विवादहरू सिर्जना भएका थिए ।


प्रकाशित मिति: १६ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?