२५ वैशाख, एजेन्सी । भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो । “पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्,“
२५ वैशाख, एजेन्सी । थाइल्यान्डमा मे १४ मा हुने संसदीय निर्वाचनअघि आइतबार प्रारम्भिक मतदान भएको छ । निर्वाचन आयोगका अनुसार २२ लाखभन्दा बढी थाईहरूले तोकिएका मतदान केन्द्रहरूमा चाँडै मतदान गरेका छन् । आइतबारको मतदान ७० प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको निर्वाचन आयोगका महासचिव सावेङ बुनमीले बताएका छन् । दुई मतपत्र प्रणाली
२५ वैशाख, जापान । जापानमा १० देखि १८ वर्ष उमेर समूहका जापानी युवामा हालै गरिएको एक सर्वेक्षणले ४० प्रतिशतले बालबालिकाका लागि उच्च शिक्षालाई निःशुल्क बनाउने नीतिलाई सरकारका उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । निप्पोन फाउन्डेसनले गरेको अनलाइन सर्वेक्षणमा मार्चमा १० हजार व्यक्तिलाई समावेश गरिएको थियो । उत्तरदाताहरूलाई एक भन्दा बढी उत्तरहरू
२५ वैशाख, एजेन्सी । युक्रेनमा रुसमा निर्मित एस-४०० एयर डिफेन्स सिस्टम पठाउन अमेरिकले गरेको प्रस्ताव टर्किएले अस्वीकार गरेको टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले आइतबार बताएका छन् । वाशिङ्टनले टर्किएले सो रक्षा प्रणालीको नियन्त्रण अमेरिका वा अन्य कुनै देशलाई सुम्पिनुपर्ने सुझाव दिएको पनि अर्द्ध आधिकारिक एनाडोलु एजेन्सीले काबुसोग्लुलाई उद्धृत गर्दै उल्लेख गरेको
२५ वैशाख, एजेन्सी । पेरूको दक्षिणी क्षेत्रमा रहेको एक सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जना कामदारको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । एरिक्विपा क्षेत्रमा रहेको ला एस्पेरान्जा खानीभित्रको सुरुङमा शनिबार सर्ट सर्किटका कारण आगलागी भएको प्रहरी र सरकारी अधिवक्ताको कार्यालयले जनाएको छ । सरकारी अभियोजक जियोभान्नी माटोसले च्यानल एन
२५ वैशाख, एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको एक अधिकारीले आइतबार जानकारी दिएका छन् । कालेहे क्षेत्रका प्रशासक थोमस बाकेङ्गाका अनुसार गत साताको बाढीपछि कम्तीमा ३९४ जनाको शव निकालिएको छ । उनले शनिबार बाढी र पहिरोका
२४ वैशाख, एजेन्सी । कङ्गोमा भारी वर्षाका कारण १७५ जनाभन्दा बढीको ज्यान गएको छ । वर्षाबाट देशभर व्यापक क्षति भएको छ भने थुप्रै गाउँहरू तहसनहस भएका छन् । अल जजीराले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै सो बारे उल्लेख गरेको छ । दक्षिण किभुको प्रान्तीय कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार बिहीबारको मुसलधारे वर्षाले
२४ वैशाख, एजेन्सी । सुडानमा टर्कीका राजदूत इस्माइल कोबानोग्लुको गाडीमा शनिबार गोली प्रहार भएको छ । उक्त घटनामा सुडानी सेना र अर्धसैनिक र्यानपिड सपोर्ट फोर्स (आरएसएफ) ले एकापसमा दोषारोपण गरेका छन्। "आज विद्रोही मिलिसियाले टर्कीका राजदूतको कारमा गोली हानेर उनलाई नियन्त्रण लिएको बताएको छ भने अर्को पक्षले सशस्त्र सेनाले यस्तो गरेको
२४ वैशाख, एजेन्सी । अमेरिकाको डलास नजिकैको एउटा आउटलेट मलमा भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । न्युयोर्क टाइम्सले शनिबार राति अधिकारीहरूलाई उद्धृत गर्दै सो घटनाबारे जानकारी दिएको छ । एलेन, टेक्सासका प्रहरी प्रमुख ब्रायन ई हार्वेले शनिबार राति पत्रकार सम्मेलनमा बताएअनुसार बन्दुकधारीको अझै
२४ वैशाख, एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सुडानमा जारी हिंसा तत्काल अन्त्य गर्न आह्वान गरेका छन् । महासचिव गुटेर्रेसले बुरुन्डीको आर्थिक केन्द्र बुजुम्बुरामा शुक्रबार बुरुन्डीका राष्ट्रपति इभारिस्टे नदायिशिमिएसँग भेटवार्ता गरेपछि सुडानमा जारी हिंसा तत्काल अन्त्य गर्न आह्वान गरेका हुन् । प्रजातान्त्रिक गणतन्त्र कङ्गो र यस क्षेत्रमा शान्ति, सुरक्षा