Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

रजनीकान्तको फिल्म हेर्न कर्मचारीलाई बिदा


२४ श्रावण, एजेन्सी । आगामी शक्रबार प्रदर्शन हुन लागेको साउथ सुपर स्टार रजनीकान्त अभिनित चलचित्र जेलरको प्रदर्शनका दिन उनको गृहनगर चेन्नईका साथै बैङ्ग्लोरलगायत सहरका कार्यालयका कर्मचारीलाई बिदा दिने घोषणा गरिएको छ । यसका साथै कार्यालय व्यवस्थापनले चलचित्रको पाइरेसीलाई रोक्न कर्मचारीलाई निःशुल्क टिकटसमेत उपलब्ध गराउने भएको छ ।

करिब दुई वर्षपछि रजनीकान्त ठुलो पर्दामा फर्कन लाग्नुभएको हो । नेल्सन दिलीपकुमार निर्देशित चलचित्रमा रजनी कान्तले अवकाशप्राप्त प्रहरीको भूमिकामा देखिएका छन् । चलचित्रमा रजनीकान्तसँगै मोहनलाल, ज्याकी श्राफ, तमन्ना भाटिया, शिवा राजकुमार, राम्य कृष्णनलगायत कलाकारको अभिनय रहेको छ ।


प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?