Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

श्रीलङ्कामा आठ लाखभन्दा बढी पर्यटक भित्रिए


२४ श्रावण, एजेन्सी । श्रीलङ्कामा यस वर्ष अगष्ट ८ सम्ममा आठ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको श्रीलङ्का विकास प्राधिकरण (एसएलटीडीए) ले बुधबार जानकारी दिएको छ ।

अगस्टको पहिलो छ दिनमा श्रीलङ्कामा ३० हजार ३०३ पर्यटक भित्रिएको र भारत, संयुक्त अधिराज्य र चीन अगस्ट को आगमनको लागि शीर्ष स्रोत बजार भएको एसएलटीडीएका अध्यक्ष प्रियन्था फर्नान्डोले बताए ।

श्रीलङ्कामा कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक सङ्कटका कारण विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक पर्यटन क्षेत्र धरासायी भएको छ ।

सन् २०२२ मा दक्षिण एसियाली राष्ट्रमा सात लाख २० हजारभन्दा कम पर्यटक आएका थिए ।

यद्यपि, आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा यो उद्योगमा सुधार आएको छ । सन् २०२३ को जुन महिनामा सबैभन्दा बढी एक लाख ४३ हजार ३९ पर्यटक नेपाल भित्रिएका छन् ।


प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?