Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

विश्व


इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन

२९ जेठ, एजेन्सी । इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको सपचारका क्रममा मिलानको सान राफेले अस्पतालमा निधन भएको हो । उनि रक्त क्यान्सरबाट ग्रसित थिए । स्वास्थ्य परीक्षणका लागि उहाँलाई शुक्रबार अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।

अक्सिजनको अभावमा टेक्सासमा हजारौं माछा मरे

२९ जेठ, एजेन्सी । अमेरिकाको टेक्सास राज्यको गल्फ कोस्ट क्षेत्रका समुन्द्री किनारमा दुर्लभ मेन्हाडेन प्रजातीका हजारौं माछाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । क्विन्टाना तटबीच काउन्टी पार्कबाट करिब ९.७ किलोमिटर टाढा ब्राजोस नदीको मुहान नजिकै ब्रायन बिचको विकट छेउमा मरेका माछाफेला परेको गल्फ कोस्टमा रहेको बिचफ्रन्ट पार्कका अधिकारीहरुले बताएका

चीनको नानजिङ र बङ्गलादेशबीच हवाई मार्गमार्फत् कार्गो सेवा सञ्चालन

२९ जेठ, एजेन्सी । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङबाट बङ्गलादेशको राजधानी ढाकाका लागि १७.६ टन टेक्सटाइल सामग्री बोकेको कार्गो विमान उडेको नानजिङ भन्सारले पुष्टि गरेको छ । “पूर्वी चिनियाँ शहर नानजिङले पहिलो पटक दक्षिण एशियालाई जोड्ने हवाई कार्गो सेवा सुरु गरेको छ,” चिनियाँ भन्सार कार्यालयले जानकारी गराएको छ । यो

चक्रवात बिपरजोयको प्रभाव मुम्बइमा पनि, हवाई उडान प्रभावित

२९ जेठ, एजेन्सी । भारतको आर्थिक राजधानी मुम्बईमा आइतबार साँझदेखि प्रतिकुल मौसमका कारण बिपरजोय चक्रवात तीव्र भएपछि उडान प्रभावित भएको अधिकारीहरूले सोमबार बताएका छन् । पूर्व–मध्य र आसपासको उत्तरपूर्वी अरब सागरमा बनेको चक्रवाती आँधी ‘बिपरजोय’ ले अत्यधिक भीषण चक्रवाती आँधी मुम्बईमा अवतरण भएपछि शहर र वरपरका क्षेत्रमा भारी वर्षा र हावाहुरी

युक्रेनमा आएको बाढीमा परी ३५ जना बेपत्ता

२९ जेठ, एजेन्सी । दक्षिणी युक्रेनमा आइतबार आएको विनाशकारी बाढीका कारण सात बालबालिकासहित ३५ जना बेपत्ता भएका छन् । खेर्सन क्षेत्रको अग्रपङ्क्तिमा रहेको रूसी नियन्त्रित काखोभका जुन ६ मा बाँध ध्वस्त भएपछि हजारौं मानिस भाग्न बाध्य भएका थिए । युक्रेनले निप्रो नदीमा रहेको बाँध रूसले भत्काएको आरोप लगाएको छ भने मस्कोले

अष्ट्रेलियामा विवाहबाट फर्किएकाहरु सवार बस दुर्घटना, १० जनाको मृत्यु

२९ जेठ, एजेन्सी । अष्ट्रेलियामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । अष्ट्रेलियाको मदिरा क्षेत्रमा विवाहबाट फर्किएकाहरु सवार बस न्यू साउथ वेल्सको हन्टर भ्यालीस्थित ग्रेटानजिकै दुर्घटना हुँदा सो हताहती भएको हो । दुर्घटनामा परेका २५ जनाभन्दा बढी घाइतेहरुको अस्पतालमा उपचार भइरहेको

साउदी अरबमा सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा तीन जनालाई मृत्युदण्ड

२९ जेठ, एजेन्सी । साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतबार तीन आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको छ । एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन्, जसमा २० जना आतङ्कवादसँग सम्बन्धित अपराधमा संलग्न छन् । साउदी अरबको गृह मन्त्रालयले

श्रीलङ्कामा डेङ्गुका बिरामीमध्ये एक चौथाइ विद्यालय जाने बालबालिका

२९ जेठ, एजेन्सी । श्रीलङ्कामा डेङ्गुका बिरामीमध्ये करिब २५ प्रतिशत व्यक्ति विद्यालय जाने बालबालिका रहेको यहाँको स्वास्थ्य क्षेत्रमा काम गर्ने अधिकारीले आइतबार बताएका छन् । राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइका निर्देशक नलिन अरियारत्नेका अनुसार श्रीलङ्कामा यस वर्ष अहिलेसम्म ४२ हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् । श्रीलङ्काका विद्यालयहरू नयाँ शैक्षिक सत्रका लागि

पाकिस्तानमा हावाहुरी र भारी वर्षाका कारण कम्तीमा २७ जनाको मृत्यु

२९ जेठ, एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भारी वर्षापछि आएको हावाहुरीका कारण आठ बालबालिकासहित कम्तीमा २७ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । खैबर पख्तुनख्वा प्रान्तका चार जिल्लामा शनिबार राति आएको आँधीका कारण दुईदेखि ११ वर्ष उमेर समूहका पाँच जना दाजुभाइको मृत्यु भएको छ । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता

सुडानमा २४ घण्टे युद्धविराम सकिएपछि पुन: झडप सुरू

२९ जेठ, एजेन्सी । सुडानको राजधानी खार्तुममा २४ घण्टे युद्धविरामको अन्त्यपछि आइतबार देखि गोलाबारी र गोली हानाहान पुनः सुरु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गत अप्रिलको मध्यदेखि उत्तरपूर्वी अफ्रिकी देशमा सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक सपोर्ट फोर्सेज (आरएसएफ) को नेतृत्व सम्हालिरहेका उहाँका पूर्व सहयोगी मोहमद हमदान डग्लोको समूहबीच

सम्वन्धित समाचारहरु