Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

अफगानिस्तानमा ५ जनामा पोलियो फेला


५ असार, एजेन्सी । अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा पाँच वर्ष मुनिका एक बालकमा पोलियो सङ्क्रमण पत्ता लागेपछि कुल पोलियो सङ्क्रमितको सङ्ख्या पाँच पुगेको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) अफगानिस्तानले जनाएको छ ।

अफगानिस्तानमा युनिसेफ पोलियो उन्मूलन कार्यक्रमको सञ्चार विभागका प्रमुख कमल शाह सैयदले नान्गार्हार प्रान्तको दुरबाबा जिल्लामा यो सङ्क्रमणको पुष्टि गरेका हुन् ।

“यो रोग प्रान्तका अन्य भागहरूमा फैलिने डर छ र यसलाई जाँच गर्ने प्रयास भइरहेको छ,” अधिकारीले भनेका छन् ।

यसअघि प्रदेशका कोट, बातीकोट, नाजियन र बेहसुद जिल्लामा चार जनामा सङ्क्रमण देखिएको थियो । अफगानिस्तान र पाकिस्तान विश्वका यस्ता देश हुन् जहाँ जङ्गली पोलियोको सङ्क्रमण अझै पनि छ ।

प्रतिवेदनका अनुसार अफगानिस्तानमा सन् २०२२ मा पोलियोभाइरसका दुई घटना र सन् २०२१ मा चार घटनाहरू पुष्टि भएका थिए ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?