Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

पश्चिमा हतियारको बलमा क्रिमियालाई निशाना नबनाउन रूसद्वारा युक्रेनलाई चेतावनी


५ असार ,मस्को । युक्रेनी सेनाले रूस र क्रिमियाको प्रायद्वीपमा आक्रमण गर्न पश्चिमा सेनाले आपूर्ति गरेको क्षेप्यास्त्र प्रयोग गर्ने योजना बनाएको मङ्गलबार मस्कोले दाबी गरेको छ ।

“युक्रेनको सशस्त्र बलको नेतृत्वले क्रिमियालगायत रूसी भूभागमा हिमर्स र स्टॉर्म स्याडो क्षेप्यास्त्रबाट आक्रमण गर्ने योजना बनाएको छ,” रक्षामन्त्री सर्गेई शोइगुले सैन्य अधिकारीसँगको भेटमा भने ।

शोइगुले सन् २०१४ मा मस्कोले कब्जा गरेको रूसभित्र वा काला सागरको इलाकामा आक्रमण गर्न हतियारको प्रयोग गरिएमा त्यसको रूसले तीव्र प्रतिकार गर्ने चेतावनी दिएका छन् । “विशेष सैन्य अभियानको क्षेत्र बाहिर यी क्षेप्यास्त्रहरूको प्रयोगको अर्थ संयुक्त राज्य अमेरिका र बेलायतको द्वन्द्वमा पूर्ण संलग्नता हुनेछ र बदलामा युक्रेनका निर्णायक केन्द्रहरूमा तत्काल आक्रमण हुनेछ,” शोइगुले भने ।

सन् २०२२ को फेब्रअरीमा रूसले युक्रेनमा सैनिक पठाएपछि कीभलाई समर्थन गर्न अन्तर्राष्ट्रिय गठबन्धन निर्माण गर्दै अमेरिकाले युक्रेनका लागि सैन्य समर्थनका लागि दबाब दिएको छ र दर्जनौं देशबाट सहयोग समन्वय गरेको छ ।

मस्कोले पश्चिमा देशहरूले युक्रेनलाई हतियार दिएर रूसविरुद्ध प्रत्यक्ष युद्ध गरेको आरोप लगाउँदै आएको छ । हालैका हप्ताहरूमा रूसका शहरहरू र क्रिमियाका रणनीतिक स्थानहरूमा ड्रोन आक्रमणहरू भएका छन्, तर कीभले घटनाहरूको जिम्मेवारी लिएको छैन ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?