Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

पश्चिमा हतियारको बलमा क्रिमियालाई निशाना नबनाउन रूसद्वारा युक्रेनलाई चेतावनी


५ असार ,मस्को । युक्रेनी सेनाले रूस र क्रिमियाको प्रायद्वीपमा आक्रमण गर्न पश्चिमा सेनाले आपूर्ति गरेको क्षेप्यास्त्र प्रयोग गर्ने योजना बनाएको मङ्गलबार मस्कोले दाबी गरेको छ ।

“युक्रेनको सशस्त्र बलको नेतृत्वले क्रिमियालगायत रूसी भूभागमा हिमर्स र स्टॉर्म स्याडो क्षेप्यास्त्रबाट आक्रमण गर्ने योजना बनाएको छ,” रक्षामन्त्री सर्गेई शोइगुले सैन्य अधिकारीसँगको भेटमा भने ।

शोइगुले सन् २०१४ मा मस्कोले कब्जा गरेको रूसभित्र वा काला सागरको इलाकामा आक्रमण गर्न हतियारको प्रयोग गरिएमा त्यसको रूसले तीव्र प्रतिकार गर्ने चेतावनी दिएका छन् । “विशेष सैन्य अभियानको क्षेत्र बाहिर यी क्षेप्यास्त्रहरूको प्रयोगको अर्थ संयुक्त राज्य अमेरिका र बेलायतको द्वन्द्वमा पूर्ण संलग्नता हुनेछ र बदलामा युक्रेनका निर्णायक केन्द्रहरूमा तत्काल आक्रमण हुनेछ,” शोइगुले भने ।

सन् २०२२ को फेब्रअरीमा रूसले युक्रेनमा सैनिक पठाएपछि कीभलाई समर्थन गर्न अन्तर्राष्ट्रिय गठबन्धन निर्माण गर्दै अमेरिकाले युक्रेनका लागि सैन्य समर्थनका लागि दबाब दिएको छ र दर्जनौं देशबाट सहयोग समन्वय गरेको छ ।

मस्कोले पश्चिमा देशहरूले युक्रेनलाई हतियार दिएर रूसविरुद्ध प्रत्यक्ष युद्ध गरेको आरोप लगाउँदै आएको छ । हालैका हप्ताहरूमा रूसका शहरहरू र क्रिमियाका रणनीतिक स्थानहरूमा ड्रोन आक्रमणहरू भएका छन्, तर कीभले घटनाहरूको जिम्मेवारी लिएको छैन ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?