Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

रूसमा बारुद कारखानामा विस्फोट, चार जनाको मृत्यु


६ असार, एजेन्सी । रूसको एक बारुद कारखानामा मङ्गलबार भएको विस्फोटनमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बताएका छन् ।

मस्कोको दक्षिणपूर्वमा रहेको टाम्बोभ क्षेत्रमा रहेको बारुद कारखानाले एक विज्ञप्ति जारी गर्दै एक ठेकेदारसहित समान जोड्ने काम भइरहेका समय विस्फोट भएको जनाएको छ ।

“कारखानामा भएको अप्रत्यासित विस्फोटमा परी कम्तीमा १२ जना घाइते भएका छन् र तीमध्ये चारजनाको मृत्यु भएको छ,” रूसी सञ्चारमाध्यमबाट सार्वजनिक भएको कारखानाको विज्ञप्तिमा भनिएको छ । मृत्यु हुनेमा अधिकांश ठेकेदार कम्पनीका कर्मचारी रहेका छन् ।

बारूद कारखानाले विस्फोटको कारणबारे अनुसन्धान गरिरहेको र घटनामा मानवीय सम्लग्नता रहेको हुनसक्ने बताएको छ ।

ताम्बोभका गभर्नर म्याक्सिम येगोरोभले घटनामा ‘आतङ्ककारी’ को सम्लग्नता हुन सक्ने सम्भावनालाई अस्वीकार गर्नुभएको छ ।

ठूला अपराधको छानबिन गर्ने रूसी सरकारी छानबिन समितिले सुरक्षा नियम उल्लङ्घनको अनुसन्धान सुरु गरेको जनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रअरी २०२२ मा युक्रेनमा सेना पठाएपछि मस्को उच्च सतर्कतामा रहेको छ । यद्यपि, यो अवधिमा रूसी भूभाग भित्ररहेका प्रतिष्ठानहरूमा थुप्रै ड्रोन आक्रमण भएका छन् ।

युक्रेनमा आक्रमण सुरु भएदेखि नै रूसमा सैन्य कारखानाहरू पनि पूर्ण रूपमा सञ्चालन भइरहेका छन् ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?