Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

रूसमा बारुद कारखानामा विस्फोट, चार जनाको मृत्यु


६ असार, एजेन्सी । रूसको एक बारुद कारखानामा मङ्गलबार भएको विस्फोटनमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बताएका छन् ।

मस्कोको दक्षिणपूर्वमा रहेको टाम्बोभ क्षेत्रमा रहेको बारुद कारखानाले एक विज्ञप्ति जारी गर्दै एक ठेकेदारसहित समान जोड्ने काम भइरहेका समय विस्फोट भएको जनाएको छ ।

“कारखानामा भएको अप्रत्यासित विस्फोटमा परी कम्तीमा १२ जना घाइते भएका छन् र तीमध्ये चारजनाको मृत्यु भएको छ,” रूसी सञ्चारमाध्यमबाट सार्वजनिक भएको कारखानाको विज्ञप्तिमा भनिएको छ । मृत्यु हुनेमा अधिकांश ठेकेदार कम्पनीका कर्मचारी रहेका छन् ।

बारूद कारखानाले विस्फोटको कारणबारे अनुसन्धान गरिरहेको र घटनामा मानवीय सम्लग्नता रहेको हुनसक्ने बताएको छ ।

ताम्बोभका गभर्नर म्याक्सिम येगोरोभले घटनामा ‘आतङ्ककारी’ को सम्लग्नता हुन सक्ने सम्भावनालाई अस्वीकार गर्नुभएको छ ।

ठूला अपराधको छानबिन गर्ने रूसी सरकारी छानबिन समितिले सुरक्षा नियम उल्लङ्घनको अनुसन्धान सुरु गरेको जनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रअरी २०२२ मा युक्रेनमा सेना पठाएपछि मस्को उच्च सतर्कतामा रहेको छ । यद्यपि, यो अवधिमा रूसी भूभाग भित्ररहेका प्रतिष्ठानहरूमा थुप्रै ड्रोन आक्रमण भएका छन् ।

युक्रेनमा आक्रमण सुरु भएदेखि नै रूसमा सैन्य कारखानाहरू पनि पूर्ण रूपमा सञ्चालन भइरहेका छन् ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?