Trending
>>   दासलाई दास भनौँ, पुज्य हनुमानजीको बेइज्जत नगरौँ ! >>   ‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो’ >>   विवाहका लागि कोट किन्न गएका बेहुला बेपत्ता भएपछि… >>   लोकतन्त्रमा बोल्न पाइन्छ, पूर्वराजालाई बोलेकै आधारमा जेल हाल्न हुँदैनः जनार्दन शर्मा >>   माधव नेपाल भन्छन-‘हाम्रो पार्टी सानो भएर नहेप्नुस, ठूलो बनाएर मुखभरिको जवाफ दिन्छौं !’ >>   महाशिवरात्रीलाई भव्य बनाउन पर्यटनमन्त्रीको निर्देशन >>   केआइआइटीबाट १ सय ५९ विद्यार्थी फर्किए >>   एकानब्बे वर्षमा आँखाको ज्योति फर्किएपछि… >>   महाशिवरात्री तयारीबारे बुझ्न पर्यटनमन्त्री पाण्डे पशुपतिमा >>   तीन संसदीय समितिको बैठक बस्दै
Logo
९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार

कर्णाली


जुम्लामा जाडोले जनजीवन प्रभावित

२३ ,मङ्सिर ,जुम्ला । जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम–२ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले जानकारी दिए । तापक्रम माइनसमा झरेसँगै बिहान–बेलुका घरबाट बाहिर निस्कन

छिटो छरितो काम गराउन निर्माण व्यवसायीलाई दबाब

जाजरकोट। निर्माणका काम लिएर बषौँसम्म जिम्मेवारी पूरा नगर्ने निर्माण व्यवसायीलाई उपस्थित गराएर दबाब दिन सुरु गरिएको छ । त्यस्तै, ठेक्का लिने तर काम नगरी कार्यालयलाई सधैँ असहयोग गर्दै आएका निर्माण व्यवसायीलाई सहभागी गराएर सरोकारवाला निकायसँगको संयुक्त छलफलमा दबाब दिन सुरु गरिएको हो । त्यसैगरी, पूर्वाधार विकास कार्यालयले दुई क्षेत्रमा कामको

कर्णालीका १० जिल्लामा १ हजार २१ वटा झोलुङ्गे पुल निर्माण

जाजरकोट।  कर्णालीका १० जिल्लामा एक हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भएका छन् । कर्णाली प्रदेश सरकार, सङ्घीय सशर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका हुन् । त्यस्तै, भौगोलिक विकटताको प्रतिविम्ब रहेको कर्णालीमा विगतदेखि हालसम्म सो सङ्ख्यामा पुल निर्माण सम्पन्न भएको हो

मृतकका आफन्तलाई बीमाबापतको रकम दिन सुरु

जाजरकोट। कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ । त्यस्तै, नलगाड नगरपालिकाका ५६ मृतकमध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । उनका अनुसार

पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छ : अध्यक्ष ओली

कर्णाली।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताउएका छन् । एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानअन्तर्गत कर्णाली प्रदेशको दैलेख जिल्लामा पुग्नुभएका अध्यक्ष ओलीले आज भैरवी गाउँपालिका–१ स्थित श्रीस्थान ज्वाला क्षेत्रको स्थलगत अवलोकनका क्रममा पेट्रोलियम पदार्थको उत्खनन्

वर्तमान व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेबाट सचेत हुनुपर्ने : अध्यक्ष ओली

कालिकोट । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेहरुबाट सचेत हुनुपर्ने बताएका छन् । समृद्धिका लागि सङ्कल्प यात्रामा निस्केका ओलीले आज दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै गणतन्त्रलाई उल्टाउने कुरा गर्नेको कुचेष्टा सफल नहुने बताए । “आज कोही प्रतिगमनतिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ

जाजरकोट। भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो । त्यस्तै, रुकुम पश्चिममा मङ्गलबारदेखि नै यो प्रक्रिया सुरु भएर स्थानीय तहले लाभग्राहीलाई रकम वितरणसमेत सुरु गरिसकेका

लगानी सम्मेलनको तयारीमा जुट्यो कर्णाली प्रदेश सरकार

भेरीगङ्गा,सुर्खेत। कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउनका लागि चालु आवमै लगानी सम्मेलन गर्ने तयारीमा प्रदेश सरकार लागेको हो । त्यस्तै, आर्थिक मामिला तथा योजनमन्त्री वेदराज सिंहले लगानी सम्मेलनका लागि सरकारले तयारी सुरु गरिसकेको जानकारी दिए । “प्रदेश

जाजरकोटमा चिसोले कठ्याङ्ग्रिएर एक बलिकाको मृत्यु

जाजरकोट। जाजरकोटको कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । गाउँपालिका-१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिएका छन् । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको अध्यक्ष बस्नेतले बताए ।

माथिल्लो कर्णालीमा राष्ट्रिय प्रसारण लाइन विस्तार

जुम्ला। जुम्लालगायत माथिल्लो कर्णालीका पाँचवटा जिल्लामा थप राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण लागि परेको छ । प्राधिकरणको आयोजनामा जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रस्तावित दैलेख कालिकोट–जुम्ला एक सय ३२ केभी प्रसारण लाइन तथा जुम्ला एक सय ३२ केभी सबस्टेसन निर्माण र जुम्ला तथा आसपासका जिल्लामा विद्युतीकरण विस्तार गर्ने

सम्वन्धित समाचारहरु