६ वैशाख, सल्यान । सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको सङख्या दैनिक बढ्न थालेको छ । अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई उक्त दहको वातावरणले लोभ्याउने गरेको छ। चारैतिर वनजङ्गलको बीचमा अवस्थित दह देखेपछि त्यहाँ पुग्ने जो कोही पनि दङ्ग पदैँ रमाउने
५ वैशाख, कर्णाली । कर्णाली प्रदेश सरकारले विसं २०८० का लागि छ दिन सार्वजनिक बिदा दिने गरी प्रदेश राजपत्रमा सूचना प्रकाशन गरेको छ । प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यहाँ १० जिल्लामा लागू हुने गरी सार्वजनिक बिदाको सूचना गरेको हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार
५ वैशाख, दार्चुला । विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ । यहाँका विद्यार्थीले यसवर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । शैक्षिक सत्रको सुरुवातमै भर्ना भएसँगै पढ्नका लागि हातहातमै पाठ्यपुस्तक पाउँदा खुशी लागेको शैल्यशिखर नगरपालिका-६ को मालिकार्जुन माध्यमिक विद्यालय मिलमिलीका छात्रा निशा धामीले
५ वैशाख, बाजुरा । बाजुरामा सोमबार दिउँसो भूकम्प गएको छ । बडिमालिकामा केन्द्रबिन्दु बनाएर ४ बजेर १ मिनेटमा भूकम्प गएको कम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो । गत माघ १० गतेपछि बाजुरामा पटक-पटक भूकम्प जाने गरेको छ ।
४ वैशाख, जुम्ला । जुम्लाको तिला गाउँपालिकाभित्रका नौ वडामध्ये तीन वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको छ । पालिकाभित्रका १, २ र ९ नं वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको हो । ‘पूर्ण खोप’ जिल्ला घोषणा भए पनि शून्यदेखि २३ महिनाभित्रका बालबालिका पूर्ण खोप पाए/नपाएको सुनिश्चित गर्न हरेक वर्ष खोप सुनिश्चिता गर्नुपर्ने
४ वैशाख, जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा कालीमार्सीधानको खेती घट्दै गएको छ । कालीमार्सी धान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, आलु रोप्न थालेपछि मार्सीधानको खेती घट्दै गएको हो । कालीमार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा
४ वैशाख, कर्णाली । कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति जुटेको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट आइतबार बसेको बैठकबाट सहमति जुटेको हो । कांग्रेस र माओवादीबीच बाँकी आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ । त्यसअनुसार अहिले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वमा
४ वैशाख, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ । जोशीको शनिबार राति ८ बजे गाउँ नजिकै धारिलो हतियार प्रहार गरी वीभत्सरुपमा हत्या गरिएको अवस्थानमा शव फेला गरेको थियो । उनको हत्याको खबर पाउनासाथ बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक
४ वैशाख, बझाङ । अघिल्लो शैक्षिक सत्रमा साइपालको धलौन माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको केही साताअघि मात्रै पाठ्यपुस्तक पुग्यो । विद्यार्थीले पुस्तक नपढेरै परीक्षा दिए । गत शैक्षिक सत्रमा पनि त्यो क्रम जारी रह्यो । पाठ्यपुस्तकको अभावले विद्यार्थीको सङ्ख्या पनि घट्यो । भर्ना सङ्ख्या र कक्षा हाजिरी हेर्दा विद्यार्थीको उपस्थिति निकै कम
३ वैशाख, मुगु । मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो । सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउका ४२ वर्षिय जानकी रोकायाबीच आज