Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

तिला गाउँपालिकाका तीन वडा पूर्णखोप सुनिश्चित


४ वैशाख, जुम्ला । जुम्लाको तिला गाउँपालिकाभित्रका नौ वडामध्ये तीन वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको छ । पालिकाभित्रका १, २ र ९ नं वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको हो ।

‘पूर्ण खोप’ जिल्ला घोषणा भए पनि शून्यदेखि २३ महिनाभित्रका बालबालिका पूर्ण खोप पाए/नपाएको सुनिश्चित गर्न हरेक वर्ष खोप सुनिश्चिता गर्नुपर्ने व्यवस्था रहेको तिला गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक जानकी धितानले बताए । खोपबाट धेरै किसिमका सङ्क्रमण तथा रोगबाट बच्ने भएकाले हरेक बालबालिकाले नछुटाएर खोप लगाउनुपर्ने उनको भनाइ छ ।

खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको छ । अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीतिअन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु नपर्ने रारा स्वास्थ्य चौकी इन्चार्ज हिमाली खत्रीले बताए । उनका अनुसार वडा नं १ रारागाउँमा शून्यदेखि १५ महिनाभित्रका ३० जना र १६ देखि २३ महिनाभित्रका २७ बालबालिकाले पूर्ण खोप लगाएका छन् ।

वडा नं २ लर्मीगाउँमा खोप लगाउने उमेर समूहका १० र लिहीगाउँका १९ जनालाई पूर्ण खोप लगाइएको खत्रीले जानकारी दिए । उनले भने, “खोज र खोप भन्ने स्वास्थ्यको नीतिअन्तर्गत वडाभित्र रहेका सबै बालबालिकालाई अनिवार्य खोप लगाउने गरेका छौँ । स्वास्थ्य संस्थाको टोली बस्तीका सबै वडामा पुगेर बालबालिकाले पूर्ण खोप लगाउने गरिएको छ ।”

तिला गाउँपालिका–९ मा मालामानी, राँसा, ढिपु र खोप्री गाउँबस्तीका शून्यदेखि २३ महिनाभित्रका ४७ बालबालिकाले पूर्ण खोप पाएकोे राँसा स्वास्थ्य चौकीका इन्चार्ज हर्कबहादुर रावतले जानकारी दिए । उनका अनुसार यहाँका खोप लगाउने उमेर समूहका बालबालिका सबैले पूर्ण खोप लगाएका छन् ।

तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर विष्टले यहाँका सबै वडाका खोप लगाउने उमेरका बालबालिकाले पूर्ण खोप लगाएका बताए । खोपले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएकाले अभिभावकले पनि आफ्ना बालबालिका खोप पाए/नपाएको यकिन गर्नुपर्ने र कुनै पनि खोप छुटाउन नहुने उनको भनाइ थियो ।

यहाँ १३ वटा स्वास्थ्य संरचना छन् । भौगोलिक बनोटले यहाँका गाउँबस्ती विकट भएकाले स्थानीयको स्वास्थ्य सेवामा पहुँच पुग्न सकेको छैन । यहाँ सडक निर्माण भइरहेका छन् । सडक निर्माण सम्पन्न भएर सञ्चालन हुन थालेपछि आवागमनमा सहज भई स्वास्थ्य संस्थामा पुग्न सहज हुने स्थानीय बताउछन् । स्थानीय, प्रदेश र सङ्घीय सरकार तीनै तहको समन्वयमा स्वास्थ्य क्षेत्रको सहज पहुँच पु¥याउने उद्देश्यले भौतिक संरचना निर्माण भइरहेको स्वास्थ्य शाखाले जनाएको छ ।


प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?