Trending
>>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कर्णाली प्रदेश सरकारद्वारा छ दिन सार्वजनिक बिदा


५ वैशाख, कर्णाली । कर्णाली प्रदेश सरकारले विसं २०८० का लागि छ दिन सार्वजनिक बिदा दिने गरी प्रदेश राजपत्रमा सूचना प्रकाशन गरेको छ ।

प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यहाँ १० जिल्लामा लागू हुने गरी सार्वजनिक बिदाको सूचना गरेको हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार असार १५ गते जुम्लाबाहेक नौ जिल्ला र जुम्लामा चैत १२ गते राष्ट्रिय धान दिवसको अवसरमा बिदा दिने गरी राजपत्रमा सूचना गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव घिमिरेले जानकारी दिए ।

उनका अनुसार साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, चैते दसैँ र राम नवमीका दिनमा सरकारले प्रदेशभरि नै बिदा दिने सूचना प्रकाशन गरिएको छ । असोज कृष्ण त्रयोदशीमा जुम्ला जिल्लाका प्रादेशिक र स्थानीय तहका कार्यालयका लागि चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेलाको अवसरमा बिदा दिइने सचिव घिमिरेले बताए ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?