Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

कर्णाली प्रदेश सरकारद्वारा छ दिन सार्वजनिक बिदा


५ वैशाख, कर्णाली । कर्णाली प्रदेश सरकारले विसं २०८० का लागि छ दिन सार्वजनिक बिदा दिने गरी प्रदेश राजपत्रमा सूचना प्रकाशन गरेको छ ।

प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यहाँ १० जिल्लामा लागू हुने गरी सार्वजनिक बिदाको सूचना गरेको हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार असार १५ गते जुम्लाबाहेक नौ जिल्ला र जुम्लामा चैत १२ गते राष्ट्रिय धान दिवसको अवसरमा बिदा दिने गरी राजपत्रमा सूचना गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव घिमिरेले जानकारी दिए ।

उनका अनुसार साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, चैते दसैँ र राम नवमीका दिनमा सरकारले प्रदेशभरि नै बिदा दिने सूचना प्रकाशन गरिएको छ । असोज कृष्ण त्रयोदशीमा जुम्ला जिल्लाका प्रादेशिक र स्थानीय तहका कार्यालयका लागि चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेलाको अवसरमा बिदा दिइने सचिव घिमिरेले बताए ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?