Trending
>>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक >>   आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

कर्णाली


७०० परिवार बिजुलीबाट वञ्चित

१८ असार, मुगु । मुगुको सोरु गाउँपालिका–५ स्थित नेरखोला जलविद्युत् आयोजना लामो समयदेखि मर्मत नहुँदा करिब सात सय परिवार अँध्यारोमा बस्न बाध्य छन् । उक्त जलविद्युत् आयोजनाको जेनेरेटर मेसिनमा समस्या भई विद्युत् अवरुद्ध हुँदा मुगु नेर, ताजा गाउँका दुई सय र हुम्ला जैर गाउँका पाँच सय परिवार बिजुलीबाट वञ्चित भएका

कर्णाली प्रदेशमा ४५ प्रतिशत धान रोपाइँ

१८ असार, कर्णाली । असारको दोस्रो सातासम्म कर्णालीमा ४५ दशमलव शून्य छ प्रतिशत धान रोपाइँ भएको छ । यहाँका हिमाली जिल्लामा उल्लेख्यमात्रामा रोपाइँ भए पनि पहाडी तथा भित्री मधेसका जिल्लामा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन । हिमाली जिल्लामध्ये डोल्पामा सबैभन्दा बढी रोपाइँ भएको छ । छिटो तथा सिँचाइ कुलोबाट गरिने भएकाले

कर्णाली राजमार्गमा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइँदै

१८ असार, मुगु । सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गमा जथाभावी निर्माण गरिएका घरटहरा हटाउने भएको छ । सडक डिभिजन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने राजमार्गअन्तर्गत खुलालुदेखि नाग्म बजार हुँदै जुम्ला खलङ्गासम्म र रारा राजमार्गको नाग्मदेखि गमगढी हुँदै नाक्चालाग्ना सडकखण्डको सीमाभित्र बनेका संरचना हटाउन लागिपरेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी चित्र चौलागाईंले जानकारी दिए

जुम्लामा पनि देखियो लम्पी स्किन रोग

१८ असार, जुम्ला। हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तिला गाउँपालिका-२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिए । लम्पी स्किन रोगको सङ्क्रमणबाट लिही गाउँका करिब ३० वटा गाईगोरु मरिसकेका छन् । रोगलाई नियन्त्रण गर्नेका लागि गाउँपालिकालाई आवश्यक औषधि उपचारको व्यवस्थापनका

आगलागी हुँदा २४ लाखको क्षति

१७ असार, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–८ लिगुखेत (बटुम)को एक घरमा आगलागी हुँदा रू २४ लाख बराबरको क्षति भएको छ । स्थानीय जसवीर शाहीको घरमा आज बिहान बिजुलीको तार सर्ट भएर आगलागी हुँदा घरको तेस्रो र दोस्रो तलामा क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । घरको तेस्रो र

मुगुको स्वास्थ्य चाैकीमा औषधिको अभाव, एक चक्की सिटामोलसमेत पाउन मुस्किल

१५ असार, मुगु । मुगुको सोरु गाउँपालिकास्थित खनाया स्वास्थ्यचौकीमा औषधिको अभाव देखिएको छ । एक चक्की सिटामोलसमेत पाउन मुस्किल पर्ने अवस्था देखिएको अनुगमनका क्रममा भेटिएको हो । दैनिक १० देखि २० जनासम्म बिरामी उपचार गर्न स्वास्थ्यचौकीमा आउने गरे पनि औषधि नपाई रित्तै घर फर्किन बाध्य भएको गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले जानकारी

कर्णालीका नौ जिल्लामा आज सार्वजनिक बिदा

१५ असार, कर्णाली । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक यहाँका नौ जिल्लामा आज सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले विसं २०७९ चैत २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार सूचना सार्वजनिक गरिएको

कालीकोटमा कालाजारका बिरामी भेटिए

१५ असार ,मान्म । कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन् । पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार यस वर्ष आठ महिला र १२ पुरुष गरी २० कालाजारका बिरामी फेला परेका छन् । यसको उपचार

सुत्केरी भैँसीलाई पनि भत्ता !

१४ असार, जाजरकोट । नलगाड नगरपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिएको छ । ‘भैँसी सुत्केरी प्रोत्साहन हातभरि’ भन्ने नाराका साथ नगरपालिकाले सुत्केरी भैँसीलाई रू एक हजारका दरले भत्ता दिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए । दैनिक भैँसीपालक कृषकको सङ्ख्या घटिरहेकाले भैँसीपालनलाई थप व्यवस्थित गराउँदै भैँसीपालनमा आत्मनिर्भर गराउने उद्देश्यले सुत्केरी भत्ताको

कर्णालीमा ‘राष्ट्रिय कचहरी’ सुरु

१४ असार, कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरे सुर्खेतमा आजदेखि ‘राष्ट्रिय कचहरी’सुरु भएको छ । ‘राष्ट्रिय कचहरी’कोे उद्घाटन कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले गरे । सो अवसरमा मन्त्री शाहीले सङ्घीयता प्रणालीमा गइसकेपछि जनताका माग बढे पनि माग भने कम पूरा भएको बताए । “जनताका माग र

सम्वन्धित समाचारहरु