Trending
>>   सम्पूर्ण खोला मापदण्ड खारेजजीको माग गर्दै प्रदर्शन >>   अमेरिकी ट्यारिफ नीतिले विश्वव्यापी अनिश्चितता निम्त्याउँछः इण्डोनेसिया >>   ट्रम्पले ल्याएका नयाँ भन्सार दर चीनबाहेक अरु देशका लागि ९० दिनका लागि स्थगन >>   नेपाल र भारतका भन्सार उच्च अधिकारीहरुको बैठक काठमाडौंमा शुरु >>   मौसम :यी स्थानमा आज मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना >>   बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु >>   आज मिति २०८१ साल चैत्र २८ गते बिहिबार ,हेर्नुहोस् आजको राशिफल >>   नेपालले करिव २७ टन राहत सामग्री म्यानमारलाई सहयोग गर्दै >>   रवि लामिछानेको पक्राउ अस्वभाविक र राज्यको गैरकानूनी हर्कत भएको बताउदै मानव अधिकार आयोगमा निवेदन >>   आर्थिक वृद्धिदरमा सरकारी लक्ष्य भेट्न कठिन हुने
Logo
२८ चैत्र २०८१, बिहीबार
२८ चैत्र २०८१, बिहीबार

लुम्बिनी


अव्यवस्थित बसोबासीलाई जग्गा धनी पुर्जा

१५ चैत्र, बुटवल। बुटवल उपमहानगरपालिका–७ का सात जना अव्यवस्थित बसोबासीले जग्गा धनीपुर्जा पाएका छन् । बुटवल उपमहानगरपालिकाको सिफारिसमा राष्ट्रिय भूमि आयोग रुपन्देहीले तयार पारेको पुर्जा आज बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वितरण गरे । लालपुर्जा वितरण गर्दै प्रमुख पाण्डेयले बुटवलभित्रका अव्यवस्थित बसोबासीलाई लालपुर्जा प्राप्तिका लागि सबै प्रक्रियामा सहयोग गर्ने बताए

भारत निकासी नहुँदा व्यवसायीले खरिद गरेको ८ सय टन जडीबुटी कुहिने अवस्थामा

१४ चैत्र, नेपालगञ्ज । व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ । विभिन्न १६ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टिनले सूचीकृत नगरेका कारण नेपालगञ्ज, भैरहवा र कृष्णनगर नाकामा थन्किएको छ हो । जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माका अनुसार यी नाकामध्ये सबैभन्दा बढी

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई विनोद चाैधरीले गरे सम्मान

१३ चैत्र, काठमाडाैँ । क्रिकेट खेल मार्फत नेपाललाई विश्वभर चिनाउन सफल राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई गृह जिल्ला नवलपरासी ( बर्दघाट —सुस्ता पश्चिम ) को बर्दघाटमा आज सम्मान गरिएको छ । बर्दघाटमा आयोजित एक कार्यक्रम बिच कप्तान पौडेललाई संघीय सांसद विनोद चौधरीले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा सांसद चौधरीले कप्तान

समस्यामा सहकारी

१३ चैत्र, दाङ। बजारमा केही सहकारी बन्द भएपछि चलिरहेका सहकारी पनि समस्यामा पर्न थालेका छन् । केही सहकारी बन्द हुन थालेपछि चलिरहेका अन्य सहकारीमा पनि बचत फिर्ता माग्न आउनेको घुइँचो लाग्न थालेको छ । पछिल्लो समय केही सहकारी बन्द हुने अवस्थामा पुगेपछि आफ्नो सहकारीप्रति पनि शेयर सदस्यले आशङ्का गर्न थालेका तुलसीपुर–६

बाँकेमा मिटर ब्याजीविरुद्ध उजुरी

१३ चैत्र, बाँके । बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस

१२ चैत्र ,लुम्बिनी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नियुक्तका लागि नेकपा (माओवादी केन्द्र) लगायतका दलले प्रदेश प्रमुखसमक्ष आज दाबी पेस गरेका छन् । माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता गरी नेपालको संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्रीमा चौधरीलाई नियुक्त गर्न

कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको व्यवस्थापन

१२ चैत्र, लुम्बिनी । कोरोना महामारीको समयमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरेका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मीलाई लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गरेको छ । लामो समयदेखि अन्यौलमा रहेका एक सय ९३ जना चिकित्सक तथा स्वास्थ्य प्राविधिकलाई अस्थायी दरबन्दी सिर्जना गरी व्यवस्थापन गरिएको हो । उनीहरु लामो समयदेखि दरबन्दीविहीन अवस्थामा रहँदा पारिश्रमिक

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र, मन्त्रीहरूले दिए राजिनामा

१२ चैत्र, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारबाट  माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट नियुक्त भएका मन्त्रीहरूले आइतबार राजीनामा दिएका हुन् । आइतबार संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री जोखबहादुर महरा र भौतिक पूर्वाधारमन्त्री इन्द्रजीत थारुले मुख्यमन्त्री समक्ष राजिनामा दिएका हुन् । माओवादीबाट राजिनामा दिएसँगै कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री

बाँकेका सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन

१० चैत्र, बाँके । बाँकेको विभिन्न १२ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन शुरू भएको छ । तीमध्ये पनि ११ सामुदायिक वनमा पुराना र बुढा रुखको कटान र नयाँ रुखको संरक्षण हुने गरी काम शुरू भएको छ । जिल्ला वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार स्थानीय रुपमा रोजगारी सिर्जना

बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

१० चैत्र ,लुम्बिनी । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो । बुटवल–११ सिर्जनानगरमा सर्भेको सुरुआत गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लालपुर्जा प्राप्तिका लागि उपमहानगरपालिकाले भूमि आयोगसँग निरन्तर सहकार्य गरिरहेकाले बाँकी रहेका

सम्वन्धित समाचारहरु