Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई विनोद चाैधरीले गरे सम्मान


१३ चैत्र, काठमाडाैँ । क्रिकेट खेल मार्फत नेपाललाई विश्वभर चिनाउन सफल राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई गृह जिल्ला नवलपरासी ( बर्दघाट —सुस्ता पश्चिम ) को बर्दघाटमा आज सम्मान गरिएको छ ।

बर्दघाटमा आयोजित एक कार्यक्रम बिच कप्तान पौडेललाई संघीय सांसद विनोद चौधरीले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा सांसद चौधरीले कप्तान पौडेलले क्रिकेट खेल मार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भएको भन्दै प्रशंसा व्यक्त गरे । उनले क्रिकेटमा नेपालले प्राप्त गरेको उपलब्धीले देशभित्र र बाहिर रहेका सबै नेपालीहरूलाई जोड्ने काम भएको बताए । उनले आफूले पनि खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कप्तान पौडेलले सम्पूर्ण नेपालीहरूको मायाले नेपाली क्रिकेट क्षेत्र र खेलाडी उत्साहित भएको बताए । उनले आफूहरूको अबको लक्ष्य विश्वकप छनोट भएको उल्लेख गरे । “अब हाम्रो एउटा मात्रै लक्ष्य जिम्बाबेमा हुने विश्वकप छनोट हो । त्यसमा पनि उत्कृष्ट प्रदर्शन गरेर विश्वकप खेल्ने नै हो,” उनले भने ।

उक्त अवसरमा स्थानीय युवा क्लबले पनि कप्तान पौडेललाई सम्मान गरेको हो । नवलपरासी बर्दघाट –१४ निवासी पौडेललाई यसअघि बर्दघाट नगरपालिकाले पनि सम्मान गरेको थियो ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?