७ असार, लुम्बिनी । लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो। द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो। लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको लुम्बिनी प्रदेश प्रहरी अस्पताल पछिल्लो समय भने ओझेलमा परेको छ। प्रदेशअन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरुका परिवार
७ असार, बाँके । बाँकेका ३५ अतिरिक्त हुलाक कार्यालय र चार इलाका हुलाक कार्यालय यही साउनबाट बन्द हुने भएका छन् । जिल्लामा ११ इलाका हुलाक कार्यालय रहेकामा एक स्थानीय तहमा एक इलाका हुलाक रहने र नेपालगञ्जमा जिल्ला हुलाक कार्यालय भएकोले अन्य बन्द हुने जिल्ला हुलाक कार्यालयका प्रमुख गोविन्द पाण्डले जानकारी दिए
६ असार, लुम्बिनी । अमरनाथ कुर्मीको घरमा यो वर्ष कालानमक चामलको भात पाकेको छैन । पाकोस् पनि कसरी ? मर्चवारी–६ स्थित उनको खेतमा अघिल्लो वर्षदेखि कालानमक रोपिएकै छैन । उनले भने, ‘कुनै समय साँझ–बिहान कालानमक चामलको भात खाने हाम्रा लागि अब त त्यो चामल विरानो बन्न थाल्यो ।’ सम्मरीमाई–७ बेतकुइयाँका मनमोहन कुर्मी दुई
६ असार, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर हस्तान्तरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार २० बिघाभन्दा बढी क्षेत्रमा खेती गर्ने किसान समूह र कृषि सहकारीलाई अनुदानमा ट्र्याक्टर हस्तान्तरण गरेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले बताए । मध्यविन्दु– ७
६ असार, नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे ५७ वर्षिय छविलाल सारुको चट्याङ्ग लागेर मृत्यु भएको हो । उनलाई खेतमा काम गर्ने क्रममा चट्याङ्ग लागेको थियो
६ असार, बाँके । भगवती रिजाल खुद्रा व्यावसायी हुन् । उनी बाँकेको कारकाँदोस्थित एउटा सटर भाडामा लिएर किराना पसल सञ्चालन गर्दै आएकी छिन् । बिजुली छिनछिनमा आउने जाने गर्दा पसलमा राखिएको रेफ्रिजिरेटरले काम गर्न छाडेको छ । रिजाल चिसो बनाउन राखिएका पेयपदार्थ बिक्री गर्न नपाएपछि तनावमा हुन्छिन् । चार वर्षदेखि किराना
६ असार ,लुम्बिनी । लुम्बिनी विकास कोषले दानवापत सङ्कलित अपरिवर्तित देशहरूको रु ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही भएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा वर्षौँदेखि सटही हुन नसकेको दानवापतको अपरिवर्तीय मुद्रा पहिलोपटक सटही भएको हो । लुम्बिनी विकास कोष र राष्ट्र
४ असार ,गुल्मी । गुल्मीका बाह्रैवटै पालिकामा कफी, सुन्तला, बाख्रा र मकैको क्षेत्र विस्तार गरिने भएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा सञ्चालित जोन तथा सुपर जोन कार्यक्रमअन्र्तगत ३२ वटा वडामा क्षेत्र विस्तार गर्न लागेको हो । अनुगमन समितिले जिल्लाको चन्द्रकोट गाउँपालिकाअन्र्तगत वडा नं २,
४ असार, पाल्पा । रामपुर अस्पताललाई डायलासियस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट अस्पताललाई पाँचवटा डायलासियस मेसिन प्रदान गरिएको हो । पचास शय्याको अस्पताल रहेको यस अस्पतालको आवश्यकतालाई दृष्टिगत गर्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले पाँचवटा डायलासियस मेसिन र एकसेट आरओ प्लान्टसहित
४ असार, बुटवल। बुटवल उपमहानगरपालिका कार्यालय अगाडि हाटबजारमा चार दशकदेखि तरकारी र फलफूलको व्यापार गर्दै आएकी ७६ वर्षीया नानी गुरुङको जीविकोपार्जनको प्रमुख आधार हाटबजार बनेको छ। बुटवलको चिडियाखोला सुकुम्बासी टोलकी वृद्धा उनीको घरमा अन्य सहारा कोही पनि छैनन्। सोह्र वर्षको कलिलो उमेरमा उनको आफूभन्दा दुई वर्ष जेठा गोपाल ठकुरीसँग विवाह भयो।