Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

महिला दर्शनार्थीलाई दुर्व्यवहार गर्ने पाल्पा भैरवस्थान मन्दिरका मुख्य पुजारी निलम्बित


१४ असार, पाल्पा । पश्चिम नेपालकै धार्मिक तथा ऐतिहासिक पाल्पा भैरवस्थान मन्दिरका मुख्य पुजारी जितनाथ योगीलाई निलम्बन गरिएको छ । मन्दिरका मूल पुजारी जितनाथ योगीले महिला दर्शनार्थीमाथि यौनजन्य तथा अभद्र व्यवहार गरेपछि जिम्मेवारीबाट निलम्बन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

समितिले प्रेस विज्ञप्ति जारी गर्दै पुजारीबाट भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पुजारी योगीले दर्शनका लागी आउने महिला दर्शनार्थीमाथि पटक-पटक अभद्र व्यवहार गर्ने गरेको घटना विभिन्न सामाजिक संन्जाल तथा मिडियामा सार्वजनिक भएको थियो । पुजारीको व्यवहार प्रति गम्भीर ध्यानाकर्षण जनाउँदै मन्दिर व्यवस्थापन समितिले सत्य तथ्य छानबिन नहुँदासम्म पुजारीलाई सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?