Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

महिला दर्शनार्थीलाई दुर्व्यवहार गर्ने पाल्पा भैरवस्थान मन्दिरका मुख्य पुजारी निलम्बित


१४ असार, पाल्पा । पश्चिम नेपालकै धार्मिक तथा ऐतिहासिक पाल्पा भैरवस्थान मन्दिरका मुख्य पुजारी जितनाथ योगीलाई निलम्बन गरिएको छ । मन्दिरका मूल पुजारी जितनाथ योगीले महिला दर्शनार्थीमाथि यौनजन्य तथा अभद्र व्यवहार गरेपछि जिम्मेवारीबाट निलम्बन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

समितिले प्रेस विज्ञप्ति जारी गर्दै पुजारीबाट भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पुजारी योगीले दर्शनका लागी आउने महिला दर्शनार्थीमाथि पटक-पटक अभद्र व्यवहार गर्ने गरेको घटना विभिन्न सामाजिक संन्जाल तथा मिडियामा सार्वजनिक भएको थियो । पुजारीको व्यवहार प्रति गम्भीर ध्यानाकर्षण जनाउँदै मन्दिर व्यवस्थापन समितिले सत्य तथ्य छानबिन नहुँदासम्म पुजारीलाई सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?