Trending
>>   आज मिति २०८२ साल साउन २७ गते मंगलबार,हेर्नूहोस् आजको राशिफल >>   चर्चामा सर्जक बिष्णु भण्डारीको “काला पोखरा” >>   भदौ २ र ३ गते हिन्दुकुश हिमालयन सांसदहरुको सम्मेलन हुने >>   विदेशमा जन्मिएका सन्तानलाई पनि आमाको स्वघोषणाको आधारमा अंगिकृत नागरिकता >>   वैकल्पिक विकास वित्त परिचालन आइटी क्षेत्रमा पनि गर्नुपर्छः विराजभक्त श्रेष्ठ >>   स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अप्ठ्यारो पर्‍योः अर्थमन्त्री पौडेल >>   नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रश्ताव >>   भ्रातृ संस्थाहरुको अधिवेशन गराउन काँग्रेसले पारित गर्‍यो निर्देशिका >>   साउनको अन्तिम सोमबार पशुपति दर्शनमा भक्तजनको भीड (तस्बिरहरु) >>   मुद्दाको हार-जितको आधारमा कानून व्यवसायीको पारिश्रमिक निर्धारण गर्नु उपयुक्त हुँदैनः सोविता गौतम
Logo
२६ श्रावण २०८२, सोमबार
२६ श्रावण २०८२, सोमबार

गण्डकी


डोजरले फालेको ढुङ्गाले लागेर एक जनाको मृत्यु

१३ चैत्र, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नं ७ को धारापानीमा ढुङ्गाले लागेर एक÷एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी नायब उपरीक्षक मदन कुँवरले दुवै जनाको शव आइतबार

तनहुँमा सवारी दुर्घटनाः सात महिनामा १५ को मृत्यु

१३ चैत्र, तनहुँ । तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ । चालु आव २०७९÷८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । मुत्यु हुनेमा दश पुरुष, चार महिला र एक बालक रहेको

चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा

१३ चैत्र ,गण्डकी । गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

१२ चैत, डुम्रे । पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै भएको यहाँको होटल व्यवसायले पनि गति समात्न थालेको छ । बन्दीपुरका होटल व्यवसायी सूर्य ढकाल भन्छन्, ‘बन्दजस्तै भएको व्यवसाय अहिले केही मात्रामा चयलायमान भएको छ ।’ सर्वजानिक बिदा

सेती नदीको दोहन रोक्न संरक्षण अभियान

१२ चैत,कास्की । अन्नपूर्ण हिमशृङ्खलाबाट उद्गम भई कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको मध्यभाग भएर बग्ने सेती नदीको संरक्षणका लागि संरक्षण अभियान सुरु भएको छ । नदीबाट अवैज्ञानिकरूपमा नदीजन्य सामग्रीको उत्खननले नदी तीव्ररूपमा कुरुप हुँदै गएपछि संरक्षणका लागि अभियान सुरु गरिएको हो । केही वर्षदेखि नदीबाट ढुङ्गा, बालुवा र

गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिने, आजै राजिनामा दिँदै २ मन्त्री

१० चैत्र, पोखरा। नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरने भएको छ । माओवादीले गण्डकीमा एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिइएको छ । त्यस्तै, समर्थन पनि फिर्ता लिने भएको छ । गण्डकी प्रदेशमा खगराज

फेवाताल किनारका पुराना डुङ्गा व्यवस्थापन गर्न थालियो

१० चैत्र, पोखरा। फेवाताल किनारमा अव्यवस्थित रुपमा राखिएका पुराना र प्रयोगविहीन डुङ्गाले तालको सुन्दरता घटाएको तथा ताल पुरिने जोखिम बढाएको जनगुनासो बढेपछि यसको व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ । फेवा डुङ्गा व्यवसायी सङ्गठनको पहलमा ताल किनार र तालभित्र डुबेका डुङ्गालाई डुङ्गाधनी र चालकको पहलमा निकालेर व्यवस्थापन गर्ने कार्य सुरु गरिएको सङ्गठनका

गाउँलेलाई चट्याङबाट जोगाउन ‘अर्थिङ टावर’

१० चैत्र, तनहुँ । गाउँलेलाई चट्याङबाट जोगाउन बेँसीसहर नगरपालिका–३ थुम्काडाँडा बस्तीमा ‘अर्थिङ टावर’ निर्माण गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष तथा बेँसीसहर नगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य अजय मजाकोटीले भने, “यहाँ चट्याङको उच्च जोखिम रहेकाले स्थानीयको जनधनको सुरक्षा गर्न छ ठाउँमा अर्थिङ टावर निर्माण गरेका छौँ, थुम्काडाँडा क्षेत्रका विश्वकर्मा गाउँ, मालुवागाउँ, खेताघर

गण्डकीमा पनि सत्ता फेरबदलको सङ्केत

९ चैत्र, पोखरा । राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन् । केन्द्रीय समीकरणमा आएको फेरबदलसँगै प्रदेश सरकार पनि फेरिने स्थिति बनेको हो । अहिले गण्डकी प्रदेशको

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

९ चैत्र, पोखरा। आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ। यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो। होटलको सेवाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले रु

सम्वन्धित समाचारहरु