Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

देवचुली नगरपालिकाले विपन्न परिवारलाई घर बनाइदिँदै


१४ चैत्र ,त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले अतिविपन्न परिवारका लागि घर बनाइदिने भएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अतिविपन्न परिवारका लागि निःशुल्क रूपमा घर निर्माण गरी हस्तान्तरण गर्ने योजना कार्यान्वयनमा ल्याएको छ ।

देवचुली नगरपालिकाभित्र रहेका १७ वडामा पहिचान गरिएका अतिविपन्न परिवारका लागि निःशुल्क घर निर्माण गर्ने योजनाअनुसार काम अघि बढेको देवचुली नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए ।

चालु आर्थिक वर्षमा २५ घर निर्माण गर्ने योजनाअनुसार काम सुरु गरिएको उनले बताए । सबै वडामा कम्तीमा एक अतिविपन्न परिवारलाई समेट्ने गरी परिवार छनोट गरी काम अघि बढाइएको उनले जानकारी दिए ।

“सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अतिविपन्न परिवारका लागि घर निर्माण गर्न लागिएको हो । हामीले सबै वडामा अतिविपन्न परिवार छनोट गरेका छौँ, सोहीअनुसार टिनले छाएको पक्की घर निर्माण गरी हस्तान्तरण गर्ने योजना रहेको छ”, नगरप्रमुख न्यौपानेले भने, “अतिविपन्न परिवारलाई राज्यले हेर्छ भन्ने अनुभूति दिलाउन यो कार्यक्रमले सहयोग पुग्ने छ, त्यस्ता परिवार सुरक्षितरूपमा घरमा बस्नसमेत पाउनेछन् ।”

नगरपालिकाले दुई चरणमा २५ घर निर्माण गर्ने योजना बनाएको छ । यसअनुसार पहिलो चरणमा २० घरको काम सुरु गरिएको छ । थप पाँचको प्रक्रिया अघि बढेको नगरपालिकाका इञ्जीनियर टीकाराम बस्यालले जानकारी दिए ।

सबै वडामा एक–एकवटा अतिविपन्न परिवारका लागि घर निर्माण हुने छ । त्यस्तै वडा नं २, ४, ७, ८, ९, १२, १५ र १६ थप एक–एक वटाका दरले गरी २५ घर निर्माण हुने उनले बताए ।

देवचुलीले चालु आर्थिक वर्षमा अतिविपन्न परिवारका लागि घर निर्माण गर्न रु एक करोड ५० लाख विनियोजन गरेको छ । प्रतिघर करिब रु छ लाख ७५ हजारको लागत लाग्ने जनाइएको छ । नगरपालिकाले विनियोजित बजेटबाट घर निर्माणको सबै काम पूरा गरेर अतिविपन्न परिवारलाई हस्तान्तरण गर्ने इञ्जीनियर बस्यालले बताए ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?