९ असार ,गलकोट । बागलुङ नगरपालिकामा जन्मेका छोरीहरुको सम्मान र आर्थिक भविष्यका लागि ‘नगरको छोरी’ कार्यक्रम ल्याएको छ । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा नगरको छोरी कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र जन्मने छोरीको बैंक खाता खोलेर तत्कालै रु पाँच हजार जम्मा गरिदिने नीति लिएको छ । नगरप्रमुख वसन्तकुमार श्रेष्ठले
८ असार, गोरखा । गोरखामा गएराती भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा लखनथापा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ । गाउँपालिकाको उपप्रमुख इन्दिरा तिवारीले शुक्रबार गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालय एवम् शिक्षण संस्थाहरुमा शोक बिदा दिने निर्णय भएको जानकारी दिइन् । शहिद लखन–३ को सिलिङकोटबाट बेहुली लिएर
८ असार, पोखरा । पर्यटकीय नगरी पोखरामा नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु भएको छ । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सव एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरे । प्रतियोगितामा चिनियाँ चार र नेपाली चार
८ असार, पोखरा । पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु हुँदैछ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा दुईदिने बोट रेस हुन लागेको हो । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सो महोत्सवको सहयोगी संस्थाका रुपमा रहेका छन्
८ असार, गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी सहिद लखन गाउँपालिका–५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया
८ असार, गण्डकी । गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा अत्यावश्यक सेवाका लागि बाहेक नयाँ सवारी साधन खरिद नगरिने भएको छ । सरकारको आर्थिक वर्ष २०८०÷८१ को बजेटमा प्रदेश सरकारका पुँजीगत खर्च गर्ने क्षमता अभिवृद्धि गर्दै चालु खर्चलाई न्यूनीकरण गर्न खर्चको मापदण्ड प्रभावकारी रुपमा कार्यान्वयन गरिने उल्लेख छ । वित्तीय सेवामा आम
८ असार, लमजुङ । लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको
८ असार, गोरखा । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ
७ असार, बागलुङ । सडकको ट्र्याक खुलेको २३ वर्षपछि सडक स्तरोन्नति भएर सिगानामा कालोपत्रको चरणमा पुगेपछि ट्र्याक्टर नउक्लने बाटोमा अहिले बस पुग्न थालेका छन् । विसं २०७५ मा बागलुङ नगरपालिका–८ सिगानामा सडक पुग्यो । उकालो र साँघुरो सडकमा नमिलेका घुम्तीका कारण यात्रुलाई गन्तव्यमा पुग्न सास्ती थियो । काठेखोलामा पुल नहुँदासम्म बर्खाका
७ असार, पोखरा । गण्डकी प्रदेशलाई आर्थिक वर्ष २०८०÷८१ मा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने भएको छ । सरकारको आव २०८०÷८१ को बजेटमा गण्डकी प्रदेशभर विद्युतीकरण र वैकल्पिक कर्जाको विस्तार गरी यसै वर्ष ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने उल्लेख छ । बिजुलीबाट वञ्चित प्रदेशभित्रका बाँकी घरधुरीमा सौर्य उर्जा जडान गर्न आवश्यक