Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

दुर्घटनामा ५ जनाको मृत्यु भएपछि लखनथापा गाउँपालिकामा शोक बिदा


८ असार, गोरखा । गोरखामा गएराती भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा लखनथापा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।

गाउँपालिकाको उपप्रमुख इन्दिरा तिवारीले शुक्रबार गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालय एवम् शिक्षण संस्थाहरुमा शोक बिदा दिने निर्णय भएको जानकारी दिइन् । शहिद लखन–३ को सिलिङकोटबाट बेहुली लिएर शहिद लखन गाउँपालिका-५ को ताक्लुङतर्फ फर्कने क्रममा प्रदेश नम्बर ३-०१-०२३ च ४४२७ नम्बरको जन्ती चढेको जिप दुर्घटना भएको थियो ।

दुर्घटनामा शहिद लखन गाउँपालिका-५ ताक्लुङ पोखरी डाडाँ बस्ने १९ वर्षीय प्रविन थापा, २८ वर्षीय बिरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकी नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको मृत्यु भएको थियो । जीप कच्ची सडकबाट २५० मिटर तल खसेको थियो ।

घाईतेमध्ये नौ जनाको तनहुँको आँबुखैरेनीमा रहेको अस्पतालमा उपचार भईरहेको र तीन जनालाई भने थप उपचारको लागि भरतपुर लगिएको छ । दुर्घटनामा मृत्यु हुने सबै शहिद लखन गाउँपालिकाका छन् । उक्त घटनाले गाउँपालिका स्तब्ध र मर्माहत भएको भन्दै एक दिन बिदाको घोषणा गरिएको उपप्रमुख तिवारीले जनाइन् ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?