Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

दुर्घटनामा ५ जनाको मृत्यु भएपछि लखनथापा गाउँपालिकामा शोक बिदा


८ असार, गोरखा । गोरखामा गएराती भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा लखनथापा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।

गाउँपालिकाको उपप्रमुख इन्दिरा तिवारीले शुक्रबार गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालय एवम् शिक्षण संस्थाहरुमा शोक बिदा दिने निर्णय भएको जानकारी दिइन् । शहिद लखन–३ को सिलिङकोटबाट बेहुली लिएर शहिद लखन गाउँपालिका-५ को ताक्लुङतर्फ फर्कने क्रममा प्रदेश नम्बर ३-०१-०२३ च ४४२७ नम्बरको जन्ती चढेको जिप दुर्घटना भएको थियो ।

दुर्घटनामा शहिद लखन गाउँपालिका-५ ताक्लुङ पोखरी डाडाँ बस्ने १९ वर्षीय प्रविन थापा, २८ वर्षीय बिरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकी नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको मृत्यु भएको थियो । जीप कच्ची सडकबाट २५० मिटर तल खसेको थियो ।

घाईतेमध्ये नौ जनाको तनहुँको आँबुखैरेनीमा रहेको अस्पतालमा उपचार भईरहेको र तीन जनालाई भने थप उपचारको लागि भरतपुर लगिएको छ । दुर्घटनामा मृत्यु हुने सबै शहिद लखन गाउँपालिकाका छन् । उक्त घटनाले गाउँपालिका स्तब्ध र मर्माहत भएको भन्दै एक दिन बिदाको घोषणा गरिएको उपप्रमुख तिवारीले जनाइन् ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?