१८ वैशाख ,दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित जलविद्युत् आयोजनाको बाँधस्थलमा आज एक युवकको शव फेला परेको छ । मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधस्थलमा तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थायी घर भई हाल गोरखा नगरपालिका–१४ याङ्कोटमा डेरा गरी बस्ने १५ वर्षीय सोमबहादुर गुरुङको शव फेला परेको हो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर
१८ वैशाख, तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–७ बाजगरा निवासी ५३ वर्षीय कृष्णकुमार थापाको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको चण्डी भयर सामुदायिक वनको गोरेटो बाटोदेखि करिब सय मिटर तल खस्दा मृत्यु भएका उनि आइतबार दमौलीमा आँखासम्बन्धी उपचारपश्चात् घर फर्किएको परिवारले जनाएका छन् । भिरको रुखमा अड्किएको अवस्थामा
१८ वैशाख, कास्की । सारङ्गी संस्कृति र गायन हराउन थालेपछि गन्धर्व समुदायका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि यसको संरक्षण हुनुपर्ने उनीहरूको भनाइ छ । पोखरा बाटुलेचौरका खिमबहादुर गन्धर्व ८८ वर्ष पुगे । उमेर छँदा सारङ्गी बजाएर गाउँदै हिँडेको उनलाई निकै याद
१८ वैशाख, तनहुँ । तनहुँको व्यास नगरपालिका–१० बिपी भञ्ज्याङ्ग निवासी २० वर्षीया राममाया विक र उनका ४ वर्षको छोरा लप्सन विक १५ दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता भएको लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारजनले खोजीका लागि हारगुहार गरेका छन् । राममायाका श्रीमान् लोकबहादुर विकले वैशाख ३ गते बिहान देखि घर
१८ वैशाख ,म्याग्दी । बसपार्क सञ्चालन भएको १६ वर्षपछि म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा टर्मिनल भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले करिब रु तीन करोडको लागतमा २८९ दशमलव पाँच वर्गमिटर क्षेत्रफलमा निर्माण गरेको टर्मिनल भवन आइतबार नगरपालिकालाई हस्तान्तरण गरेको छ । विसं २०६४ मा पर्वत
१७ वैशाख ,कास्की । सातौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डअन्तर्गतको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बक्सिङका वरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सो अवार्ड प्रदान गरिने जनाएको छ । अवार्डका लागि गठन गरिएको प्रतिभा छनोट उपसमितिले गरेको
१७ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारले मातहतका अस्पतालको व्यवस्थापन समितिमा जिल्ला समन्वय समितिको प्रमुख नै अध्यक्ष हुने प्रावधान ल्याएको छ । यसअघि सरकारमा रहेका दल निकटका व्यक्ति समितिको पदाधिकारी र सदस्यमा नियुक्त हुँदै आएका थिए । समितिको संरचनागत सुधारका लागि प्रदेश सरकारले अस्पताल व्यवस्थापन समिति गठन आदेश–२०८० हालै जारी गरेको
१७ वैशाख ,ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद उद्यान (पार्क) निर्माण गर्न थालेको छ । गाउँपालिकाले तत्कालीन सशस्त्र द्वन्द्वका समयमा निधन भएकाहरूको सम्मानका लागि सहिद उद्यान निर्माण गर्न थालेको हो । सहिदउद्यानसँगै वडा कार्यालयले चौतारा निर्माण गरिरहेको छ । सहिद स्मृति उद्यान संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई
१७ वैशाख ,दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ । अहिले स्थानीयवासीले पँधेराको पानी प्रयोग गर्न बाध्य भएका छन् । दगाम स्थानथोक भुजिकोट खानेपानी आयोजनाको सोलारमा समस्या देखिएपछि दगाममा खानेपानीको अभाव भएको स्थानीय नन्दु थापामगरले बताए ।“दुई हप्तादेखि सोलारमा
१६ वैशाख, पोखरा । पोखराका पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच आपसी सहकार्यका विषयमा पोखरामा छलफल भएको छ । छलफलमा होटेल सङ्घ पोखरा नेपालका महासचिव राजेन्द्र ढकाल र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पोखराको पर्यटकीय अवस्थाका सम्बन्धमा जानकारी गराएका थिए