२६ असार, मनाङ । अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो तालतर्फ आवतजावत गर्ने क्षेत्रमा सरसफाई गरिएको छ । फोहोरको मात्रा बढ्दै गएपछि मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसारका होटेल व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसार, सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय हुम्दे र स्थानीयको सक्रियतामा फोहोर सङ्कलन गरिएको हो । तालमा
२६ असार, पोखरा । बिहान ८ः०० बजे नै यातायात व्यवस्था कार्यालय खुलेको थियो । सेवाग्राहीको चहलपहल देखिन्थ्यो । कोही सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि राजस्व बुझाउँदै थिए, कोही स्वास्थ्य परीक्षणको प्रमाणीकरणपत्र लिँदै । ‘बायोमेट्रिक’देखि ‘लाइसेन्स’को लिखित र प्रयोगात्मक परीक्षा दिन गएका पनि उत्तिकै भेटिए । कार्यालयमा अघिपछि जस्तो भीडभाड थिएन ।
२६ असार, गोरखा । डिभिजन वन कार्यालय गोरखाले विभिन्न प्रजातिका ९० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्न सुरुआत गरेको छ । कार्यालयसहित सब डिभिजनमार्फत नर्सरीमा उत्पादन गरिएका बिरुवा जिल्ला भित्र वृक्षरोपणका कार्य बढाउने योजनासहित निःशुल्क वितरण गर्न सुरु गरेको कार्यालय प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए । कार्यालयले काष्ठजन्य, मसलाजन्य, खयर, बकाइनो,
२६ ,असार ,गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घले नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय तथा उसको स्वामित्वमा पोखरा–९ पृथ्वीचोकस्थित व्यावसायिक भवनको सटरमा व्यवसाय गर्दै आएका व्यवसायीबीचको विवाद सहमतिमा टुङ्ग्याइएको छ । बैंकको प्रादेशिक कार्यालय पोखराको त्यहाँका व्यवसायीले सहमतिअनुसारको भाडा नतिरेको दाबी एवं व्यवसायीले कोभिड–१९ को समयमा घोषित भाडा छुटको निर्णय कार्यान्वयन
२६ ,असार ,गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झन्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको बताएको हो
२५ असार, पोखरा । गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको छ महिनापछि विषयगत समिति गठनको बाटो खुलेको छ । प्रदेशसभा बैठकबाट प्रदेशसभा नियमावली पारित भएसँगै विषयगत समिति गठनको तयारी अगाडि बढेको हो । ‘मिनी संसद्’ मानिने विषयगत समिति गठनमा ढिलाइ हुँदा सरकारले ल्याउने विधेयकमाथि दोहोरो बहस र छलफल बिना नै प्रदेशसभा
२५ असार, पोखरा । पृथ्वी राजमार्गमा सडक अधिकार क्षेत्र मिचेर बनाइएका संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । आज महानगर प्रमुख धनराज आचार्यको नेतृत्वमा सडक विभागका प्रतिनिधि र नगर प्रहरीसहितको टोलीले सडक मापदण्डभित्र पर्ने संरचना हटाएको हो । पोखरा–९ पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ (२३ मिटर) मापदण्डभित्र पर्ने संरचना हटाइने महानगर
२५ असार, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ कलेजाबाङस्थित महतारे आमा समूहले परम्परागत ढिकी, जाँतोको संरक्षण गरेका छन् । परम्परागतरुपमा कुटानी र पिसानीको लागि प्रयोग हुँदै आएका ढिकी, जाँतो हराएर जाने अवस्था आएपछि सामुदायिक भवन नै बनाएर संरक्षण गरिएको आमा समूहका अध्यक्ष सन्तु भण्डारीले जानकारी दिए । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानीपिसानीका
२५ असार ,बलेवा । जिल्लाका एक हजार ३४ जना सुत्केरीले ‘सुत्केरी पोषिलो खर्च’ पाएका छन् । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा यहाँका स्थानीय तहसँगको समन्वयमा ती महिलालाई ‘सुत्केरी पोषिलो खर्च’ उपलव्ध गराएको हो । सुत्केरी आमा पोषिलो खाना कार्यक्रमअन्तर्गत सुत्केरी भएको दिनदेखि ४५ दिनसम्म दैनिक रु दुईका दरले प्रतिमहिला
२५ असार ,गण्डकी । पोखरा महानगरपालिकाभित्र ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । महानगर भित्रका सिँचाइ सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नभएका, पानीका मूल नफुटेका केही स्थानमा रोपाइँ हुन नसकेको महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिए । पोखराको फेवातालको सिरान पामे, अर्मला,