Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

१५ साना सिँचाइ योजना निर्माण


२७ असार, म्याग्दी । कृषि ज्ञान केन्द्रमार्फत आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा १५ साना सिँचाइ आयोजना निर्माण भएका छन् । केन्द्रको अनुदान सहयोगमा कृषक, समूह र सहकारीले पोखरी, पाइपलाइन, नहर निर्माण तथा मुहान संरक्षण गरेका हुन् । एक पोखरी, दुई ठाउँमा नहर निर्माण र ११ ठाउँमा पाइपलाइन जडान गरेर करिब दुई हजार रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बाँस्तोलाले जानकारी दिए । सो आयोजनाबाट तीन सय घरधुरी कृषक लाभान्वित भएका छन् ।

“साना सिँचाइ कार्यक्रममार्फत १५ समूहलाई रु २७ लाख नौ हजार अनुदान उपलब्ध गराइएको छ”, उनले भने, “केन्द्रको ९० प्रतिशत अनुदान र कृषक तथा समूहको १० प्रतिशत श्रमदानमा सिँचाइ योजना निर्माण भएका हुन् ।” साना सिँचाइ योजना निर्माणका लागि केन्द्रले एउटा समूहलाई रु एक लाख ९९ हजार आठ सयका दरले अनुदान उपलब्ध गराएको छ । मुहानको संरक्षण, इन्टेक, ट्याङ्की, पोखरी निर्माण र पाइप जडान गरेर नियमित सिँचाइको व्यवस्था मिलाइएको छ ।

गाउँपालिका र सिँचाइ डिभिजन कार्यालयले सम्बोधन गर्न नसकेका कृषकको समस्या साना सिँचाइ कार्यक्रममार्फत समेटिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताए । सिँचाइ पोखरी निर्माण भएपछि धानको ब्याड राख्न र रोपाइँ गर्न सहज भएको बेनपा–९ तोरीपानीका तुलसीराज गिरीले बताए । मुहानको थोरै स्रोतको पानी पोखरीमा सङ्कलन गरेर तरकारी र सुन्तला खेतीमा पनि सिँचाइ गर्न सहयोग मिलेको छ । कार्यक्रममार्फत धेरैजसो कृषकले पाइप खरिद गरेका छन् । दुई लाख २९ हजार सात सय छ हेक्टर क्षेत्रफलमा फैलिएको गण्डकी प्रदेशअन्तर्गत छ स्थानीय तह भएको म्याग्दीमा ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन छ ।

खेतीका लागि प्रयोग भएको १९ हजार चार सय ९८ हेक्टर क्षेत्रफल जमिनमध्ये २७ दशमलव ९४ प्रतिशतमा नियमित सिँचाइ सुविधा छ । झन्डै ७२ दशमलव छ प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेती लगाउने गरिएको छ ।

यसैगरी कृषि ज्ञान केन्द्रले चालु आव २०७९÷८० मा विनियोजन भएकोमध्ये ६४ दशमलव तीन प्रतिशत बजेट खर्च गरेको छ । रु पाँच करोड ४६ लाख ७६ बजेट विनियोजन भएकामा रु तीन करोड ५० लाख दश हजार खर्च भएको कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?