२९ ,भाद्र ,बेनी (म्याग्दी) । म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रदर्शन गरिएको छ । आज बजारमा हुने रोपाइँ नाचको जानकारी गराउन मुखियाले गोरुसहित बिहीबार बजार परिक्रमा गरेका हुन् । नेपाल भाषा मंकाखलः अन्तर्गत रहेका युवाको समूह ल्याम्हः पूचःले बर्खेनाचअन्तर्गतको गोरु नाच प्रदर्शन गरेका हुन् । बर्खेनाचअन्तर्गत आज हुने रोपाइँ नाचमा
२८ भदाै, मुस्ताङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) का नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागङ्गोडा लाबेबीच बाढी प्रभावित मुस्ताङको कागबेनीको पुननिर्माण र पुनःस्थापनाका सम्बन्धमा आज छलफल भएको छ । भेटमा मुख्यमन्त्री पाण्डेले गत साउन २८ गतेको बाढीका कारण कागबेनीमा भएको क्षतिका कारण स्थानीयले अहिले पनि
२८ भदौ, पर्वत। पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा विश्वमै दुर्लभ प्रजातिको सर्प राजगोमन (किङ कोब्रा) भेटिएको छ । चिन्नेखोला नजिकै रहेको बेलप्रसाद सुवेदीको गोठ नजिक देखिएको सर्प राजगोमन भएको पुष्टि भएपछि उद्धार सुरु गरिएको छ । डभिजन वन कार्यालय पर्वत र पोखराबाट आएको सर्प विज्ञ टोलीले दुलोभित्र पसेको सर्पको खोजी गरिरहेको
२८ भदौ, कास्की । माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ । आयोजनाको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको र दुई महिनाभित्रमा आयोजनाको बाँकी रहेका सम्पूर्ण काम सकिएर विद्युत् उत्पादन सुरु हुने जनाइएको छ ।
२८ भदौ, स्याङ्जा । पछिल्ला वर्षमा तीज गीतमा परम्परागत संस्कृति हराउँदै जान थालेपछि स्याङ्जाको भिरकोट नगरपालिकाले एक अभियानको थालनी गरेको छ । तीज गीतमा मौलिकता हराउँदै जान थालेपछि नगरपालिकाले परम्परागत संस्कृति जोगाउन भन्दै शिक्षा, स्वास्थ्य र विकासलाई जोडेर ‘मौलिक तीज गीत प्रतियोगिता’ आयोजना गरेको छ । तीज गीतका नाममा छाडा
२८ भदौ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१३, का श्यामबहादुर विश्वकर्माले बङ्गुरपालन व्यवसाय गर्न थालेको सात वर्ष भयो । वैदेशिक रोजगारमा छ वर्ष बिताएर फर्किएका उनले झलुङ्गे बजार स्थित अर्चलेमा तीन रोपनी जग्गा भाडामा लिएर केबी एस बङ्गुर फार्म दर्ता गरी व्यावसाय सुरु गरेका थिए । कोरोना कहर अघि विश्वकर्माको फार्ममा
२८ भदाै, कास्की । पोखरामा २०१७ सालअघिसम्म उच्च शिक्षा हासिल गर्न काठमाडौँ वा बनारस जानुपर्ने बाध्यता थियो । तत्कालीन समयमा स्नातक पास गरेकाहरू चार जना मात्र थिए । त्यो बेलाको मल्टिप्रपोज हाइस्कुल (अहिलेको राष्ट्रिय मावि) र सोल्जरबोर्ड हाइस्कुल (अहिलेको अमरसिंह मावि) बाट २०१७ सालमा म्याट्रिक पास गरेका विद्यार्थीहरूको पोखरामै क्याम्पस होओस्
२८ भदौ, गोरखा । गोरखाको भीमसेन थापागाउँपालिका–६ अश्राङका जगतकुमार श्रेष्ठले घरमा कुश नभित्र्याएको पनि आठ/१० वर्ष जति भइसक्यो । हिन्दू धर्ममा कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा लिइन्छ । हरेक वर्ष भाद्र महिनाको औँसीको दिन कुशेऔँसी पर्वमा हिन्दू धर्मालम्बीले घर–घरमा कुशभित्र्याएर मनाउने प्रचलन रहदै आएको छ । पुरोहितले पूजाआजासहित मन्तर जपेर
२७ भदौ, कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आजदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप दिन सुरु गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गण्डकी प्रदेशमा १४ वर्ष लागेर १५ वर्ष उमेर पूरा नभएका किशोरीलाई ‘एचपिभी’ खोप दिइएको हो । विसं २०६५
२७ भदौ, बागलुङ । बागलुङका ग्रामीण क्षेत्रमा लगाइएको कोदो र धानमा रोग तथा किरा लागेर बाली नष्ट भएको छ । जरा कुहिने, डाँठ सुक्नेजस्ता समस्या आएपछि किसानले उपचारको खोजी गरेका छन् । बागलुङ नगरपालिका आसपासका क्षेत्रमा सबैभन्दा धेरै बाली नष्ट हुने गरी रोगकिरा लागेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुवास सापकोटाले