Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

गण्डकी


पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन शिखर सम्मेलन पोखरामा हुन

८ चैत्र, पोखरा । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ । नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएपछि पहिलो पटक आगामी मे २९ देखि जुन १ सम्म सो संस्थाको शिखर सम्मेलन तथा एडभेञ्चर ट्राभल मार्ट पोखरामा आयोजना हुन लागेको

सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा

७ चैत्र ,दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा ३३/११ केभी सराङघाट सबस्टेशन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सो सबस्टेशन तयार भएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण

पत्रकारको हितमा आमसञ्चार विधेयक : मुख्यमन्त्री अधिकारी

६ चैत्र ,कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पत्रकारको हित हुने गरी नै प्रदेश सरकारले आमसञ्चार विधेयक अघि बढाउने बताएका छन्‌ । अनलाइन पत्रकार सङ्घ गण्डकीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन समारोहमा उनले पत्रकारको हितमा सञ्चार विधेयक ल्याउने प्रतिबद्धता जनाएका हुन्‌ । सरकारले आमसञ्चार विधेयक संसद्मा

फोटो खिच्दा भीरबाट लडेर किशोरीको मृत्यु

५ चैत्र, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो । लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन

घट्दै चिसो, बढ्दै पर्यटक

५ चैत्र, गण्डकी । मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिए। “चिसो छल्न झरेका मुस्ताङीहरू फागुनको तेस्रो सातापछि विस्तारै फर्कन थालेका छन्”, उनले

जीर्णाेद्धारपछि चिटिक्क कालिका मन्दिर

३ चैत्र, बागलुङ । भूकम्पले क्षतिग्रस्त भएको प्रसिद्ध कालिका भगवती मन्दिरको जीर्णाेद्धार गरिएको छ । मन्दिरको कलात्मक ढङ्गले भक्तपुरको इँटा प्रयोग गरी जीर्णाेद्धार गरिएको हो । मन्दिरको छानो ताम्रपत्रले छाइएको छ । भक्तपुरे साना इँटाको प्रयोगले मन्दिरलाई थप आकर्षक बनाएको हो । मुख्य मन्दिरलाई पुरानै शैलीमा आकर्षक ढङ्गबाट निर्माण गरिएको गुठी

पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु

३ चैत्र, पोखरा । पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो । कार्कीको उपचारका क्रममा

दुई करोडमा तनहुँमा ‘औद्योगिक ग्राम’ बनाउन सुरु

२ चैत्र ,तनहुँ । गण्डकी प्रदेश र आँबुखैरेनी गाउँपालिकाको लगानीमा वडा नं २ मार्कीचोकमा ‘औद्योगिक ग्राम’ निर्माण गर्न लागिएको छ । प्रदेशको रु एक करोड ४० लाख र गाउँपालिकाको रु ६० लाख बजेट विनियोजन गरी औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । घरेलु उद्योगलाई आधुनिक प्रविधिमैत्री बनाउने उद्देश्यले औद्योगिक ग्राम

खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने

२ चैत्र ,गण्डकी । पोखरा महानगरपालिका–३२ स्थित खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने भएको छ । पुरानो गाउँको चौताराको पूर्वी किनारादेखि राजाको चैताराको युनिभर्स चोक तथा सोही वडाकै बाह्रसय चौतारादेखि पूर्वी किनाराबाट मालमुलघारीसम्म जोड्ने दुई झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । लामो समयसम्म खुदी खोलामाथि पुल नहुँदा १०

संविधान विरोधी शक्तिसँग होसियार रहनुपर्छ: प्रदेश प्रमुख गुरुङ

२८ फागुन ,गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले अहिलेको संविधानमाथि औँला ठड्याउने र असहिष्णुता दर्शाउने शक्तिहरूसँग होसियार रहनुपर्ने बताएका छन्‌ । पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस समारोहलाई आइतबार सम्बोधन गर्दै उनले राजनीतिक दल र जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेकाले एकथरी मानिस संविधान नै फेर्नुपर्छ भनेर लागिरेहेको उल्लेख गरे । “संविधानप्रति

सम्वन्धित समाचारहरु