काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी प्रमुख कार्यकारी अधिकृत सीईओ एलिस अलब्राइटले भेटवार्ता गरेकी छन् । उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेकी हुन् । भेटमा भदौ १३ गतेदेखि सुरु एमसीसी परियोजना कार्यान्वयनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौं । भारतका पत्रकारहरुको निवासमा दिल्ली प्रहरीले छापा मारेको छ । प्रेस क्लब अफ इण्डियाका अनुसार मंगलबार बिहान पत्रकारहरु र न्यूज क्लिकसँग सम्बन्धित व्यक्तिहरुका घरमा प्रहरीले छापा मारेको हो । उसले पत्रकारका घरमा छापा मारिनु चिन्ताजनक भन्दै घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । साथै यसबारे औपचारिक जानकारी दिन सरकारसँग मागसमेत
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक दर्जन कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । काम सन्तोषजनक नभएका ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई कार्यालयले तीनदेखि एक वर्षसम्म कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । तीन
१५ ,असोज ,मकवानपुर । बागमती प्रदेश सरकारले विभिन्न २१ वटा निकायमा भएका अस्थायी दरबन्दीलाई स्थायी गर्ने गरी दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले प्रदेश सुशासन केन्द्र स्थापना तथा कार्य सञ्चालन आदेश २०७७ संशोधन गर्ने पनि निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला
काठमाडौं । कोभिड-१९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका दुई जना वैज्ञानिकले यसवर्षको चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका छन् । नोबल पुरस्कार समितिले वैज्ञानिकहरू क्याटलिन कारीको र ड्रयु वेसम्यानलाई ‘मेसेन्जर आरएनए’ भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो । सन् १९५५ मा हंगेरीको स्जोल्नोकमा
काठमाडौं । अष्ट्रेलिया पलायन भएका विमल घर्ती मगर नेपाल सुपर लिग एनएसएल खेल्न नेपाल आउने भएका छन् । चितवन एफसीमा आइकन प्लेअरको रुपमा अनुबन्ध हुँदै एनएसएल खेल्ने जानकारी उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् । ललितपुर एफसीसँगको मार्की प्लेअरको सम्झौता रद्ध गरेर अष्ट्रेलिया पुगेका विमलले नेपाल आएर चितवनबाट एनएसएल
काठमाडौं । सोमबार पनि सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ । आइतबार एक लाख ८ हजार रुपैयाँ तोलामा छापावल सुनको कारोबार भएको थियो । आजका लागि
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । ५.१९ अंकले बढेको बजार १९७६.२९ विन्दुमा रोकिएको हो । यो ०.२६ प्रतिशतको वृद्धि हो ।सोमबार होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसूचकबाहेक सबै उपसूचक हरियो देखिए पनि बजारमा ठूलो वृद्धि भने देखिएन । सोमबार कुल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन् । संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराइदिने अनुरोध गर्न आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डलसँग राष्ट्रपति पौडेलले संसदीय
काठमाडौं । संघीय निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीहरुका मुद्दाहरु सम्बोधन गर्न दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलन थालेका छन् । सोमबार माइतीघर मण्डलामा धर्ना दिँदै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले सडक आन्दोलन सुरु गरेको हो । उनीहरुले निजामतिको सेवा भित्र स्थानीय तहका कर्मचारीलाई पनि समेट्नुपर्ने माग गरेका छन्