Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

जिल्ला अदालत काठमाडौंमा आजदेखि पारिवारिक इजलास सुरु


काठमाडौं । जिल्ला अदालत काठमाडौंमा आजदेखि पारिवारिक इजलास सुरु भएको छ । सोमवार बिहान पारिवारिक इजलासको शुभारम्भ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरु पूरा गरेकोमा खुशी लागेको बताए । पारिवारिक इजलासले महिलावादी मुद्दा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसा सम्बन्धी मुद्दा र बालबालिकाका हीत, सरोकार र हेरचाह सम्बन्धी जोडिएका मुद्दालाई छिटो न्याय निरुपण गर्न सहज हुने उनले बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले ‘काठमाडौं जिल्लामा  धेरै मुद्दाको संख्या, धेरै लोड छ तथापि उनीहरुलाई प्राथमिकता दिन नसकेर, उनीहरुलाई हेरविचार गर्न नसक्ने स्थिति होला भनेर महिला, बालबालिकाका लागि एउटा फेमिली बेन्चको नामाकरणबाट गरिएको कुरा ब्यक्त गर्दै आगामी दिनमा अन्य ठाउँमा पनि यस किसिमका इजलास बिस्तार गर्ने बताएका छन् । त्यसैगरी उनले मुद्दाको चापलाई हेरेर आगामी दिनमा माना चामल मुद्दा, सम्बन्ध बिच्छेद लगायतका मुद्दा पनि पारिवारिक इजलासबाट निरुपण गर्ने समेत बताए ।


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?