Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

हुलाकलाई  पुन: संरचना  गरी नयाँ व्यवसायिक ढाँचामा लैजानुपर्छः मन्त्री शर्मा


 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचनामार्फत मौजुदा साधन स्रोतको पूर्ण क्षमतामा परिचालन गरी नयाँ व्यावसायिक ढाँचामा लैजानुपर्ने बताएकी छन् विश्व हुलाक दिवसको अवसरमा हुलाक सेवा विभागले आयोजना कार्यक्रमलाई सम्वोधन गर्दै उनले समय र प्रविधिको विकाससँगै हुलाक सेवाको दायरा फराकिलो बनाउँदै जनताको दैनिक सेवा प्रवाहसँग जोड्नुपर्ने बताईन् । हुलाक सेवालाई आधुनिक, प्रविधियुक्त, प्रतिष्पर्धी र भरपर्दो बनाउनुपर्नेमा जोड दिंदै उनले अब स्मार्ट हुलाकमार्फत विश्वमै प्रतिष्पर्धा गर्नसक्नुपर्ने बताउदै ‘सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरुमा व्यापक कटौती भएको व्यक्त गरेकी छन् । उनले भनिन् ‘सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पुर्याउने गरी सेवा प्रवाहका विन्दुहरू तय गरिएको थियो । विद्यमान अवस्थामा सूचना प्रविधिसँग जोड्दै संघीय शासन प्रणाली बमोजिम पुनःसंरचना गर्न आवश्यक देखिएको छ । चालु आर्थिक वर्षबाट नै यसको सुरुवात गरी ‘एक स्थानीय तह, एक हुलाक’ को अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको छ ।’ सरोकारवालाबिच समन्वय गरी हुलाक सेवाको प्रविधि र भौतिक पूर्वाधार सुधार सहित सेवामा ब्यापक सुधार ल्याउन पहल भइरहेको पनि यसै सन्दर्भमा जानकारी गराउन चाहन्छु ।’

विश्व र नेपालमै पनि हुलाक सेवाको इतिहास निकै लामो रहेको उल्लेख गर्दै उनले संसारका अन्य देशहरुले हुलाक सेवालाई परिमार्जित गर्दै यसलाई सूचना प्रविधिसँग जोडेर सरकारी सेवाको अनिवार्य अंग नै बनाइएको भए पनि नेपालमा भने यसलाई अझै पनि सरकारी निकायले नै ऐच्छिक सेवाको रुपमा प्रयोग गर्ने गरेकोमा यो अवस्थालाई बदलेर सम्पूर्ण सरकारी सामग्रीको ओसारपसार हुलाकबाटै गर्ने व्यवस्था मिलाउनु आवश्यक रहेको समेत बताएकि छन् । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वितरण जस्ता नागरिकका आधारभूत सेवा वितरण हुलाकबाट अनिवार्य गर्नेतिर योजना बनाउनुपर्ने बेला आएकोमा पनि मन्त्री शर्माले जोड दिईन् । ‘अब हुलाक सेवा कम्प्युटर, इन्टरनेट, सफ्टवेयर प्रणालीसहितको ट्रयाकिङ प्रणाली र डिजिटल प्लेटफर्मयुक्त हुनु जरुरी छ ।

देशभित्र र बाहिर इमेल प्रयोग गरी पत्र व्यवहार गर्न र सफ्टवेयर प्रयोग गरी विवरण अध्यावधिक गर्ने कार्यको थालनी गर्नु आवश्यक छ’– उनले भनिन्– ‘कुन हुलाक वस्तु कहिले पठाइएको हो र अहिले प्रापकले प्राप्त गर्यो वा कहाँ पुग्यो भन्ने खालको ट्रयाकिङ प्रणाली प्रयोग आवश्यक छ । सरकारले यसै वर्षदेखि हुलाक वचत बैंक खारेज गरेर हुलाक वचत बैंकमा रहेका खाता र रकम जिल्ला सदरमुकाममा रहेका ६८ वटा राष्ट्रिय वाणिज्य बैंकका शाखामा हस्तान्तरण गरिएको जानकारी दिंदै उनले हुलाक वचत बैंकमा रकम हिनामिना कार्यमा संलग्न कर्मचारीलाई कानुनबमोजिम कारवाही गर्ने र हिनामिना भएको रकम संलग्न कर्मचारीबाट कानुनबमोजिम असुल उपर गरिने समेत जानकारी गराइन् ।


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?