काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनःनिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ । भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्याएको थियो । हाल ५० सम्पदा पुनःनिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । चालु आर्थिक वर्षमा ३० सम्पदाको पुनःनिर्माण सुरु
काठमाडौं । प्रहरीले ठगी कार्यमा संलग्न रहेको आरोपमा पाकिस्तानी र अजरबैजनी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पाकिस्तानको राहुलपिन्डी घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजन घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ३१ वर्षीया आयसेल
काठमाडौं । विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन जिडिपी वृद्धिदर एक दशमलव नौ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ । विश्व बैंकले साउथ एशिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो ।
काठमाडौं । नेपाल सरकारले गिद्ध संरक्षणमा सहयोग पुर्याउन एसेस्लोफेन्स र केटोप्रोफेन तथा टक्सिक ‘भेटरिनरी नन–स्टरोइडल एन्टी–इन्फ्लाम्मटोरी ड्रग्स’ प्रतिबन्ध गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले भारत र बङ्गलादेशमा समेत प्रतिबन्धित उक्त तीन औषधि प्रयोग भएका मृत पशुहरु गिद्धले खादा, गिद्धको स्वास्थ्यमा प्रतिकुल असर परेर मृत्यु हुने भएकाले पशु रोगमा
काठमाडौं । विदेशी वैज्ञानिकको सहभागितामा चट्याङ र यसको पूर्वसूचना प्रणाली तथा रोकथामका विषयमा नेपालमा जारी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत २० वटा शोधपत्रमाथि छलफल भएको छ । ती शोधपत्रमध्ये १२ वटा विदेशी विज्ञहरुले प्रस्तुत गर्नुभएको चट्याङविद् प्रा.डा. श्रीराम शर्माले बताए । सम्मेलनमा कूल ४४ वटा शोधपत्र प्रस्तुत हुँदैछन् । आज
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड मंगलबार गएको भूकम्पको केन्द्रविन्दु रहेको बझाङ जाने कार्यक्रम तय भएको उनको सचिवालय जनाएको छ । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार बझाङ जाने कार्यक्रम शुक्रबारका लागि तय गरिएको हो । आज बिहान मात्रै सिंहदरबारमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । सचिव आचार्यको वीर अस्पतालमा स्वास्थ्य उपचार भइरहेको छ । पार्टी अभियानको क्रममा अछाम पुगेका उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार काठमाडौं ल्याइएको थियो । प्रधानमन्त्री दाहालले नेता आचार्यको उपचारमा कुनै कसर
काठमाडौं । नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उनीहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले एमाले
काठमाडौं । मागभन्दा बढी आवेदन परेपछि सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले प्राथमिक सेयर आईपीओ मा आवेदन बन्द गरेको छ । १४ असोजदेखि कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम सहित ९७ लाख ३२ हजार ५४४ कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेको थियो । कम्पनीले
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले १० कात्तिकदेखि प्राथमिक सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र